कानुनबमोजिम गतिविधिलाई सहयोग गर्छौ ः सिडियो

2157

दार्चुला, पुष २४ गते ।
दार्चुला प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले कानुनबमोजिम आयोजना गरिने हरेक कार्यक्रमलाई स्थानीय प्रशासनले सहयोग गर्ने बताएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजना एक महिनापछि सञ्चालन हुन गइरहेको दार्चुला महोत्सवबारे छलफल गर्न मंगलवार आयोजित बैठकमा प्रजिअ आचार्यले यस्तो बताएका हुन् । र्
राम्रो र सकारात्मक उद्देश्यले आयोजना गरिने सबै कार्यक्रममा स्थानीय प्रशासनको साथ र सहयोग रहन्छ’ प्रजिअ आचार्यले भन्नुभयो । विद्यमान कानुनको पालना गर्दै व्यवस्थित रुपमा महोत्सवको सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटनको प्रचारका लागि महोत्सव आयोजना हुनु सान्दर्भिक भएको प्रजिअ आचार्यले बताउनुभयो । महोत्सव सञ्चालनमा स्थानीय प्रशासन र जिल्लास्थित सबै सरकारी निकायबाट सहयोग प्राप्त हुने उहाँको भनाई छ ।
नियम कानुनविपरितका कुनै पनि गतिविधिमा भने स्थानीय प्रशासनले नियन्त्रण गर्ने प्रजिअ आचार्यले बताउनुभयो । महोत्सव सफलताका लागि सबै क्षेत्रको भूमिका आवश्यक रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !