काठमाण्डौबाट आएका थप एक जना प्रहरीमा कोरोना पुष्टी

0
694

दार्चुला, भाद्र १८ गते ।
काठमाण्डौबाट आएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरीमा कोरोना पुष्टी भएको छ । ३२ वर्षिय प्रहरी हवल्दारको कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सम्पर्क व्यक्ति बिरेन्द्र राज भट्टले जानकारी दिए ।
प्रहरी हवल्दार कार्यालयको कामले काठमाण्डौ गएका थिए भने आएपछि क्वारेन्टाइनमा रहेको अवस्थामा कोरोना परिक्षण गर्दा पोजेटिभ पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । कोरोना संक्रमित प्रहरी हवल्दारलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा राखिएको छ ।
यो संगै जिल्लाभरी कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । यसअघि पनि काठमाण्डौँबाट आएका एक जना प्रहरी जवानमा पनि कोरोना संक्रमण देखिएको थियो ।