काङ्ग्रेस नेता गिरी प्रदेश कार्यसमिति सदस्यमा मनोनित 

0
550

दार्चुला, फागुन २९ गते । 
नेपाली काङ्ग्रेसका नेता मदन गिरी सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । नेपाली काङ्ग्रेसको विधानको धारा १३ को उपधारा ६ झ बमोजिम प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरिएको नेपाली काङ्ग्रेसले जनाएको छ ।

वि.सं २०३६ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर नेता गिरी काङ्ग्रेसको राजनीतिमा होमिएका थिए । २०४४ साल देखि २०४७ साल सम्म नेविसंघ दार्चुलाको अध्यक्ष समेत रहनुभएको थियो । विद्यार्थी राजनीतिमै रहेका बेला २०४६ सालको जनआन्दोलनमा कञ्चनपुरमा भाग लिई नेता गिरी जेल समेत पर्नुभएको थियो । २०४७ सालमा नेपाली काङ्ग्रेसको सह सचिव भई नेपाली काङ्ग्रेसको राजनीतिमा लागेको नेता गिरीले बताउनुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित रहेका नेता गिरी २०७४ साल सम्म पटक पटक नेपाली काङ्ग्रेस दार्चुलाको महाधिवेशन तथा महासमिति सदस्यको जिम्मेवारी सम्हालेका थिए । नेता गिरी २०६२/०६३ को जनआन्दोलनमा दार्चुला जिल्लाको जनआन्दोलन परिचालन सदस्य समेत रहेका थिए । उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस बाट दार्चुला प्रदेशको निर्वाचन क्षेत्र क बाट चुनाव लडेपनि पराजित बनेका थिए ।