काङग्रेस ब्यासको सभापतिमा भट्ट झण्डै दोब्बर मतले विजयी

0
661

दार्चुला, असोज १० गते ।
नेपाली काङग्रेसको पालिका अधिबेशनमा ब्यास गाउँपालिकाको सभापतिमा नरेन्द्र दत्त भट्ट विजयी भएका छन् ।

ब्यासमा सभापतिका लागि वडा नं ५ का वडाध्यक्ष मंगल सिह धामी, वर्तमान सभापति नरेन्द्र दत्त भट्ट, बासुदेब सिह ऐतवाल, करन सिह धामी र नरेन्द्र विष्टले उम्मेद्धावारी दर्ता गरेका थिए । शनिबार उद्धघाटन भएको अधिबेशनमा सहमति नजुटेपछि आज निर्वाचन गरि सभापतिको टुङ्गो लगाइएको छ । पाँच जना मध्ये तीन जनाले उम्मेद्धावारी फिर्ता लिएको र वडाध्यक्ष धामी तथा भट्ट निर्वाचन प्रक्रियामा सहभागि भएको नेविसं दार्चुलाका प्रवक्ता दिपक सिह खातीले जानकारी दिनुभयो । निर्वाचनमा खसेका कुल मत मध्ये भट्टले ५९ मत प्राप्त गरेका छन् भने वडाध्यक्ष धामीले ३८ मत प्राप्त गरेका छन् । भट्टले धामीलाई झण्डै दोब्बर मतले पराजित गरि ब्यास गाउँपालिका काङग्रेसको सभापतिमा विजय हासिल गरेका छन् ।