काङग्रेस दार्चुलाको सभापतिमा बोहरा विजयी

0
648

दार्चुला, मंसिर ११ गते ।
नेपाली काङग्रेस दार्चुलाको सातौँ अधिबेशनबाट सभापतिका उम्मेद्धवार ललित सिह बोहरा विजयी भएका छन् । अर्का उम्मेद्धवार अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कुल खसेको ९ सय ५६ मत मध्ये बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मत प्राप्त गरेका हुन् । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहरिएका छन् ।
विहिबार भएको निर्वाचनमा कूल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिएका छन् । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ५ सय ८७ मध्ये ५ सय ३८ मत र क्षेत्र नम्बर (ख) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत खसेको अवस्थीले बताउनुभयो ।