काङग्रेसको अधिबेशनबाट वडा उपसभापति, एमालेको अधिबेशनमा वडा सचिव चयन

767

दार्चुला, कार्तिक ६ गते ।
दार्चुलामा काङग्रेसको अधिबेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत असोज ९ गते सम्पन्न नेपाली काङग्रेसको वडा महाधिबेशनबाट शंकर सिह डोबाल महाकाली नगरपालिका वडा नं २ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिबेशनमा डोबाल सचिवमा चयन भएका छन् । ‘काङग्रेसले सम्पन्न गरेको वडा अधिबेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन्, एमालेमा प्रवेश गरे नगरेको बारे जानकार छैन’ नेपाली काङग्रेस महाकाली नगरपालिकाका प्रवत्ता पदम सिह महरले भन्नुभयो ।
शनिबार सम्पन्न गरिएको वडा अधिबेशनमा बिर सिह डोबाल अध्यक्ष र शंकर सिह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

केही वडामा अधिबेशन सम्पन्न

नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानिय तहहरुमा ६१ वटा वडाहरु मध्ये केही वडामा वडा अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनको तयारी गरिएका वडाहरुमा आज गरिएको र बाकिमा गरिने नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।
शैल्यशिखर नगरपालिका वडानम्बर ६ को वडा अधिवेशनबाट सुरेन्द्रराज विष्ट अध्यक्ष तथा रमेशसिह धामी सचिव रहने गरी ३१ सदस्यीय वडाकमिटि चयन गरेको छ ।
शैल्यशिखर नगरपालिका वडा नं ७ को वडा अधिवेशनबाट नबराज भट्ट वडा कमिटि अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य पुष्प राज जोशीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिका वडानम्बर १ को वडाकमिटि अध्यक्षमा रमेशसिह वोहरा सर्वसम्मत चयन गरिएका छन् ।
महाकाली नगरपालिका वडा नं २ मा अध्यक्षमा बीर सिह डोबाल र सचिवमा शंकर सिह डोबाल रहनेगरि २७ सदस्यीय समिति गठन गरिएको छ ।
महाकाली नगरपालिका वडा नं ३ मा बलदेबसिह महर अध्यक्ष रहनेगरि ३१ सदस्यिय, वडा नं ९ मा कृष्ण सामन्त अध्यक्ष रहनेगरि ३१ सदस्यिय समिति गठन गरिएको छ भने वडा नम्बर ७ मा किसन रैखोला अध्यक्ष रहनेगरि ३१ सदस्यिय समिति गठन गरिएको एमाले दार्चुलाका प्रचार प्रसार विभागप्रमुख खडक बडालले बताउनुभयो ।
महाकाली नगरपालिका वडा नं ८ मा भवान सिह धामी अध्यक्ष, देब सिह विष्ट उपाध्यक्षतथा जगत सिह साउँद सचिव रहनेगरि २१ सदस्यिय समिति गठन गरिएको छ ।
ब्यास गाउँपालिका वडा नं ६ मा प्रमानन्द भट्ट अध्यक्ष रहनेगरि ३१ सदस्यिय वडा कमिटि गठन गरिएको नेकपा एमालेका जिल्ला सदस्य एबं ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो
दुहूँ गाउँपालिका वडा नम्बर १ को वडा कमिटि अध्यक्षमा मदन सिंह भण्डारीलाई चयन गरिएको छ ।
मार्मा गाउँपालिका वडा नं १ को वडाअधिबेशनले रिउले धामी अध्यक्ष, तथा पुर्ण बोहरा सचिव रहनेगरि ३१ सदस्यिय वडा कमिटि गठन गरिएको छ ।
नौगाड गाउँपालिका वडानम्बर ५ को वडाअधिवेशनबाट ५ जना पदाधिकारी सहित ३१ सदस्यीय वडाकमिटि सर्वसम्मत चयन गरिएको जनाएको छ । अंगविरसिह धामी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडाकमिटि सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यिय कमिटी चयन गरिएको छ । वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !