काग्रेसमा शेखरको वरियता उक्लियो तर परम्पराअनुसार दोस्रो स्थान दिइएन

0
525
फाइल फोटो

दार्चुला, पुष १९ गते ।
काग्रेस सभापतिमा शेरवहादुर देउवालाई टक्कर दिने नेता शेखर कोइरालाको वरियताक्रम उक्लिएको छ तर काग्रेसको परम्पराअनुसार कोइरालालाई सम्मानजनक स्थान दिइएको छैन । तेह्रौं महाधिवेशनमा सर्वाधिक लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइरालालाई ३५ औं नम्बरमा राखिएको थियो ।



काग्रेसको चौधौं महाधिवेशनपछि तोकिएको वरियताक्रममा भने कोइरालालाई २०औं स्थानमा राखिएको छ ।
सभापतिका निकटतम प्रतिस्पर्धीलाई सभापतिपछिको दोस्रो वरियतामा राख्ने परम्परा नेपाली काग्रेसमा रहेको छ । काग्रेसको बाह्रौं महाधिवेशनबाट निर्वाचित सभापति सुशील कोइरालापछिको दोस्रो वरियता तत्कालिन निकटतम प्रतिस्पर्धी देउवा दोस्रो वरियतामा थिए । त्यस्तै, तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल दोस्रो वरियताक्रममा थिए । तेह्रौं महाधिवेशनमा देउवासंग पौडेल र बाह्रौं महाधिवेशनमा सुशील कोइरालासंग देउवा सभापति पदका निकटतम प्रतिस्पर्धी थिए ।
काग्रेसको यो परम्परालाई चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा निरन्तरता दिइएको छैन । रोचक त के छ भने बाह्रौं महाधिवेशनमा सुशील कोइरालासंग पराजित भएर दोस्रो वरियता बस्ने र तेह्रौं महाधिवेशनमा आफु सभापति बनेर रामचन्द्र पौडेललाई दोस्रो वरियतामा राख्ने पात्र यी शेरवहादुर देउवा हुन् ।
पुष १० गते सार्वजनिक भएको काग्रेसको वरियताक्रमअनुसार सभापति देउवापछि पदाधिकारी र त्यसपछि पूर्व पदाधिकारीहरुलाई राखिएको छ । काग्रेसको वरियताक्रमको शीर्षस्थानमा केन्द्रीय समितिका सभापतिसहित १३ पदाधिकारी छन् भने त्यसपछिको क्रममा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र पूर्वसहमहामन्त्रीहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत र सुनिल थापालाई राखिएको छ ।