कांग्रेश दार्चुलाको सातौँ अधिवेशन, नेतृत्व सहमतीमै टुङ्गो लगाउन छलफल गरिदै

0
440

दार्चुला, मंसिर ७ गते ।
नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन मंगलबार सदरमुकाम खलंगामा उद्घाटन गरिएको छ । कांग्रेश दार्चुलाका सभापति ललितसिह बोहराको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा कांग्रेशका केन्द्रिय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु प्रमुख अतिथि रहनुभएको थियो ।

मन्त्री बडुले सहमतिमै नेतृत्व चयन गरिने बताएका छन् । यद्दपी आकाक्षीं बढी भएका कारण सहमतिमै नयाँ नेतृत्व आउने सम्भावना न्युन छ । जिल्ला सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहरा र शैल्यशिखर नगरपालिकाका मेयर तथा वर्तमान उपसभापति अमरसिह धामी प्रमुख दाबेदार देखिएका छन् । कांग्रेशको जिल्ला अधिवेशनबाट जिल्लामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना निर्वाचित हुने व्यवस्था रहेको काङग्रेस दार्चुलाका सचिव हरक सिह विष्टले बताउनुभयो । उद्धघाटन शत्र पछि काङग्रेस दार्चुलाको बन्द शत्र सुरु भएको छ । बन्द शत्रमा सहमतीको प्रयास भइरहेको भएपनि चुनावी प्रक्रियामा जाने सम्भावना प्रवल रहेको सचिव विष्टले बताउनुभयो ।