कञ्चना स्मृति खुला पुरुष भलिबलको उपाधी मालिकार्जुनलाई

0
605

दार्चुला,असोज १७ गते ।
विजया दशमीको अवसरमा आयोजना गरिएको कञ्चना स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी मालिकार्जुन टिमले जितेको छ । नव प्रतिभा समाज पोक्से मलिगाउँको आयोजनामा कञ्चना स्मृति वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगितामा दिप ज्योति पोक्सेलाई हराउँदै मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मालिकार्जुन प्रेमनगर टिमले उपाधी जितेको हो । दुँहु गाउँपालिका वडा नम्बर ४ मा आयोजना भएको कञ्चना स्मृति वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिताको उपाधी मालिकार्जुन टीमले जितेको आयोजकले जनाएको छ । असोज १० देखि सुरु भएको खुला महिला पुरुष भलिबल प्रतियोगिता आज समापन भएको हो । उक्त प्रतियोगितामा दिपज्योति पोक्से द्धितिय र व्यास ३ सिना तृतिय भएको छ । प्रतियोगिताको बिजेता टिम मालिकार्जुनले १ लाख १ हजार १ सय ११ नगत सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय टीमले ५० हजार नगद सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टीमले २० हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी,उत्कृष्ट ब्लकरलाई सम्मन गरिएको आयोजकले जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । यस्तै महिला भलिबल प्रतियोगितामा लक्सेरी ए प्रथम,लक्सेरी बी द्धितिय र सिना टिम तृतिय भएको आयोजकका जमन लोथ्यालले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेता टिम लक्सेरी ए ले २० हजार नगत सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय टीमले १० हजार नगद सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टीमले ५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । महिला भलिबल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।