ओम पर्वत, कुटी र नाबीढाङ नोटिफाइड क्षेत्र भन्दा बाहिर राख्ने तयारी

0
984
भारतले अतिक्रमण गरेको नेपालको कुटी गाउँ ।

दार्चुला, साउन ३१ गते ।
भारतले अतिक्रमण गरेको नेपाली भूमी ओम पर्वत, कुटी, नाबिढाङ लगायतका क्षेत्र नोटिफाइड क्षेत्र भन्दा बाहिर राख्ने भारत सरकारले तयारी गरेको छ ।
चीन, नेपाल र भारतको त्रिदेशिय सिमा क्षेत्र रहेको उक्त क्षेत्रहरु पर्यटन र सासंकृतिक हिसाबले महत्वपुर्ण भएकाले यि क्षेत्रहरु नोटिफाइड क्षेत्र भन्दा बाहिर राख्ने तयारी भइरहेको भारतको उत्तराखण्ड सरकारका पर्यटन एबं संस्कृती मन्त्री सतपाल महाराजले बताएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
भारतले हाल पिथौरागढ जिल्लाको धार्चुला तहशिल अन्र्तगतको छियालेक क्षेत्रबाट नोटीफइड क्षेत्र घोषणा गरेको छ । नोटिफाइड क्षेत्रमा स्थानियहरुले मात्रै प्रबेश गर्न पाउने ब्यवस्था छ । स्थानिय बाहेकका नागरिकहरुले नोटिफाइड क्षेत्रमा प्रबेश गर्न सम्बन्धीत प्रशासनको अनुमतिमा निश्चीत समयका लागि जान पाउँछन् । साथै नोटिफाइड क्षेत्रमा सोही क्षेत्रका स्थानियहरु बाहेक अन्य ब्यक्तिहरुले जमिन किन्न समेत नपाउने ब्यवस्था रहेको समाचारमा उल्लेख छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमी ओम पर्वत धार्मीक र पर्यटकिय दृष्टीकोणले महत्वपुर्ण क्षेत्र भएकाले नोटिफाइड क्षेत्र भन्दा बाहिर राखेमा सो क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढ्ने र पर्यटन ब्यवसाय सञ्चालन गरि आर्थिक लाभ लिन सकिने भारतको उत्तराखण्ड सरकारको धारणा रहेको छ ।
नोटिफाइड क्षेत्र हटाएमा नेपाली अक्रिमित भूमी ओम पर्वत, कुटी गाउँ हिन्दु धार्मीक आस्थाका केन्द्रहरु हुनेछन् र भारतले धेरै पर्यटकहरु उक्त क्षेत्रमा भित्र्याउन सक्ने छ ।

स्थानियहरुको विरोध

नाबीढाङ सहित कुटी र ओम पर्वत नोटिफाइड क्षेत्र भन्दा बाहिर राख्ने सरकारको तयारीप्रति धार्चुलाका स्थानियहरुले विरोध गरेका छन् ।
शुक्रबार बलुवाकोटमा स्थानियहरुले उत्तराखण्ड प्रदेश सरकारको विरोध गर्दै नोटिफाइड क्षेत्र हटाउने विषयमा विरोध गरेका छन् । धार्चुलाको रं संग्रहालयमा संस्थाका संरक्षक डा. जगतमोहन गरब्र्यालको अध्यक्षतामा बसेको बैठकले सरकारको उक्त तयारीको विरोध गरेको छ ।
साथै देहरादुनमा रं कल्याण संस्थाका मुख्य संरक्षक नृप सिह नपलच्यालको नेतृत्वमा उत्तराखण्ड प्रदेशका पर्यटन मन्त्री सतपात महाराजलाई भेटेर नोटिफाइड क्षेत्र हटाउने तयारीको विरोध गरिएको छ । संरक्षक नपल्च्यालको टोलीले ओम पर्वत, कुटी सहित नाबीढाङ क्षेत्र नोटिफाइड क्षेत्र भन्दा बाहिर राख्ने प्रस्ताव फिर्ता ल्याउन मन्त्री महाराजलाई अनुरोध गरेको छ ।

जौजजिबी सम्म नोटिफाइड क्षेत्र घोषणा गर्न माग

ओम पर्वत, कुटी, नाबिढाङ लगायतका क्षेत्र नोटीफाइड क्षेत्रबाट हटाउने प्रस्तावको विरोध गर्दै स्थानियहरुले जौलजिवि सम्म नोटिफाइड क्षेघोषणा गर्न माग गरेका छन् ।
भारतले विगतमा जौलजिवि क्षेत्र सम्म नोटिफाड क्षेत्र बनाएको भएपनि स्थानियहरुको मागका आधारमा सन् १९९२ मा जौलजिबि क्षेत्रको नोटिफाइड क्षेत्र खोरेज गर्दै छियालेक क्षेत्रबाट नोटिफाइड क्षेत्रको घोषणा गरेको थियो ।
भारतका स्थानियहरुले पुनः जौलजिवि बाट नोटिफाड क्षेत्र घोषणा गर्न माग गरेका छन् । रं कल्याण संस्थाले छियालेक स्थित नोटिफाइड क्षेत्र जौलजिवि सार्न माग गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।