ऐतिहासिक जोलजिवि मेलाको तयारि गरिदै

1074
फाईल फोटोः जोलजिवि

दार्चुला, कार्तिक २३ गते ।
नेपाल–भारतको ऐतिहासिक एबं सांसकृतीक जोलजिवि ब्यापार मेलाको तयारि गर्न थालिएको छ । प्रत्येक बर्षके नोभेम्बर १४ देखि लाग्ने ऐतिहासिक जोलजिवि मेला विगत दुई बर्ष देखि कोरोना प्रभावका कारण लाग्न सकेको थिएन । यस बर्ष मेला मनाउनका लागि तयारि भइरहेको मालिकार्जुन गाउँपालिका वडा नं ७ जोलजिविका वडाअध्यक्ष लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जोलजिवि र भारतको जौलजिवि बजारमा लाग्ने यो ऐतिहासिक मेला १ सय ४९ साल पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेका थिए । त्यो समयको मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेका थिए । जोलजिवि मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ । स्थानिय सरकार आएपछि मालिकार्जुन गाउँपालिकाले विगतका बर्षहरुमा जोलजिबी मेलामा ब्यापारीक महोत्सबको आयोजना गरेको थियो । यस बर्ष जोलजिवि मेला ब्यवस्थापनको जिम्मेवारी वडालाई दिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनुभयो ।
स्थानिय सरकारले यस बर्ष मेलाका लागि बजेट विनियोजन नगरेकोले स्थानिय युवाहरु मिलेर मेलाको आयोजना गर्ने योजना रहेको मालिकार्जुन गाउँपालिका वडा नं ७ का वडाध्यक्ष धामीको भनाई छ । गाउँपालिकाको संरक्षणमा स्थानिय युवा समिति बनाइ मंसिर १ गते देखि ब्यापारीक मेलाको आयोजना गर्ने तयारिमा रहेको उहाँले बताउनुभयो । राष्ट्रिय कलाकारहरु ल्याएर ब्यवस्थित मेलाको आयोजना गर्ने तयारि रहेको वडाध्यक्ष धामीको भनाई छ ।
ऐतिहासिक जोलजिबी मेला बर्ष दिनमा लाग्ने भएकाले स्थानियहरुले कपडा खरिद गर्ने, घरेलु आवस्यक सामान खदि गर्ने गरेका छन् । जोलजिबी मेला स्थलमा सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा मेला मञ्च तथा शौचालयहरुको निर्माण समेत गरिएको छ ।

भारतमा प्रशासन तहबाटै मेलाको तयारि

भारत जोलजिविमा प्रशासन तहबाटै मेला लगाउने तयारि गरिएको छ । पिथौरागढ जिल्ला प्रशासन तथा धार्चुला तहशिलको समन्वयमा जोलजिवि मेलाको आयोजना गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पिथौरागढ जिल्ला अधिकारी डा. आशिस चौहानको संयोजनमा जोलजिविका ब्यापारीहरु संग २८ अक्टुबरमा बसेको बैठकले १४ नोभेम्बर देखि २४ नोभेम्बर सम्म मेलाको आयोजना गर्ने निर्णय गरेको थियो । कोरोना प्रभावका कारण लगातार दुई बर्ष सम्म मेला लाग्न नसक्दा ब्यापारमा घाटा उठाउनु परिरहेको भारतीय ब्यापारीहरुको भनाई छ । यस बर्ष मेला लगाउने निर्णय गरेको भन्दै जोलजिवि ब्यापार मण्डलका अध्यक्ष धिरेन्द्र धर्मशक्तुले प्रशासनलाई धन्यबाद दिएका छन् । भारतीय प्रशासनले मेलामा ४ सय स्टल राख्नेछ । स्टल बुकिङ नोभेम्बर १० तारेखमा गरिनेछ । मेलामा कोरोनाको जोखिम नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !