एसएसबीले तुईन काटेको घटनामा संसदीय छानविन समिति गठन गर्न पुर्व मन्त्री ठगुन्नाको माग

0
532
फाईल फोटोः पुर्व मन्त्री गणेस सिह ठगुन्ना

दार्चुला, साउन १९ गते ।

दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा भारतीय एसएसबीले तुईन काटेको घटनामा संसदीय छानविनि समिति गठन गर्न पुर्व मन्त्री गणेस सिह ठगुन्नाले माग गर्नुभएको छ ।

प्रतिनिधी सभाको मंगलबारको बैठकमा बोल्दै पुर्व मन्त्री ठगुन्नाले घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मीलाई मानव हत्या गरेको अभियोगमा कारबाही गर्न माग गरेका छन् । ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने ।
सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै उहाँले विरोध जनाए ।
‘युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ,’ ठगुन्नाले भने ।