एमाले दार्चुलाद्धारा नौ ओटै स्थानीय तहमा एकै दिन पार्टी कार्यालय उद्घाटन

0
924
नौगाड गाउँपालिकामा पार्टी कार्यालय उद्धघाटन गर्दै नेता तथा कार्यकर्ताहरु

दार्चुला, चैत्र ५ गते ।
नेकपा एमालेले विहिबार दार्चुलाका नौ ओटै स्थानीय तहमा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमालेको जिल्ला कमिटि पदाधिकारीहरुको फागुन २६ गतेको निर्णय अनुसार आज जिल्लाका नौ ओटै स्थानीय तहमा पार्टी कार्यालय उद्घाटन गरिएको एमाले प्रचार विभाग प्रमुख खडक सिंह बडालले जानकारी दिनुभयो ।

फागुन २५ गते जिल्ला कमिटिको पार्टी कार्यालय उद्घाटन पश्चात् जिल्लाका नौ ओटै स्थानीय तहमा पार्टी कार्यालय उद्घाटन गरिएको हो । प्रत्येक स्थानीय तहमा एकैसाथ पार्टी कार्यालय खोल्ने कार्यक्रमका लागि जिल्ला अध्यक्ष, सचिव तथा सह–सचिव लगायतका जिल्ला नेता परिचालन भएका छन् । प्रत्येक कार्यक्रमका लागि फरक–फरक नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको थियो ।