एमाले दार्चुलाको घोषणापत्रः जनताका आधारभूत आवश्यकता पूरा गर्ने

696

दार्चुला, बैशाख ९ गते ।
नेकपा एमाले दार्चुलाले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा एमाले दार्चुलाले जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षा प्रदान गर्ने जनाएको छ । आफूले जितेका स्थानीय तहमा विद्यालय भवन आवस्यक भएका ठाउँमा भवन निर्माण गर्ने पहिलो प्राथमिकता रहेको एमाले पोलिटब्युरो सदस्य एंब सुदुरपश्चिम प्रदेश सह इन्चार्ज गणेश सिह ठगुन्नाले बताउनुभयो ।

स्थानीय तहमा एकल तथा असहाय पुरुषलाई भत्ता दिनुका साथै मृगौला, मुटुरोग जस्ता जटिल किसिमका रोग लागेका व्यक्तिको उपचार गराउने घोषणा पत्रमा उल्लेख छ । एमालले जितेका स्थानीय तहमा निर्वाचन परिणाम घोषणाको दुई महिनामा लागू गर्ने घोषणा पत्रमा उल्लेख छ ।
घोषणा पत्र सार्वजनिक गर्दै उहाँले विषेश ८ वटा कार्यक्रमहरु एमालले दुई महिना भित्र लागु गर्ने बताउनुभयो । माध्यमिक विषयगत दरबन्दी नभएका तथा आधारभुत तहमा कक्षागत दरबन्दी कम भएका विद्यालयमा दरबन्दी व्यवस्थापन, पालिका स्तरमा रहेको स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने, नीति तथा योजना आयोग गठन गर्ने, स्थानीय तहमा नियुक्त कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, लक्षित बर्गका लागि स्थानीय सरकारको बजेटमै कोटा निर्धारण गर्ने र बेरोजगार युवालाई तीन महिना सम्म रोजगारी उपलब्ध गराउने, एकल तथा असहाय पुरुषलाई भत्ता दिने नेता ठगुन्नाले बताउनुभयो । 


 

तपाईको प्रतिक्रिया दिनुहोस् !