एमाले जिल्ला अधिबेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन

649

दार्चुला, पुष १७ गते ।

नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ ओटै स्थानिय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा पुस १५ र १६ गते प्रतिनिधि छनौट गरेको एमालेले आज गाउँ÷नगर पालिका कमिटिबाट प्रतिनिधी चयन गरेको एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक सिह बडालले बताउनुभयो ।

नगरकमिटिबाट ४ जना पुरुष र २ महिला गरी ६ जना तथा गाउँपालिका कमिटिबाट ३ जना पुरुष र २ जना महिला गरी ५ जना प्रतिनिधि चयन गरिएको उहाँको भनाई छ ।

मालिकार्जुन गाउँपालिका कमिटिबाट ५ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले मालिकार्जुन गाउँपालिका कमिटि सचिव सुरेन्द्रसिह धामीले बताउनुभयो ।
पुरुष तर्फ गणेशसिह धामी, सुरेन्द्रसिह धामी, पदमसिह धामी महिलाबाट कमला टमटा र जानकी धामी चयन भएको उहाँले बताउनुभयो ।

दुहुँ गाउँपालिका कमिटिबाट पनि पाँच जना प्रतिनिधि चयन गरिएको छ । पुरुष तर्फ जंगबहादुर बम, जमनसिह बडाल, उत्तमबहादुर बम र महिलातर्फ भवानी लोथ्याल र पार्वती जोशी सर्वसम्मत चयन गरिएको गाउँकमिटि अध्यक्ष जंगबहादुर बमले बताउनुभयो ।

लेकम गाउँपालिका कमिटिबाट ३ जना पुरुष र २ जना महिला प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले आठौँ जिल्ला अधिवेशन आयोजक कमिटि सदस्य परमानन्द जोशीले बताउनुभयो ।
लेकम गाउँपालिका बाट आयोजक कमिटि सदस्यबाहेक जिल्ला अधिवेशनका लागि ६१ जना प्रतिनिधि चयन भएको जनाइएको छ ।

महाकाली नगरकमिटिबाट ४ जना पुरुष र २ जना महिला गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाकाली नगरकमिटि अध्यक्ष नरसिह चैसिरले जानकारी दिनुभयो । नगर कमिटिबाट दुर्गा धामी, मदनसिह ठगुन्ना, खडकसिह महर,रतनसिह वोहरा र प्रेमसिह शाहु चयन भएका छन् ।

व्यास गाउँपालिकाको गाउँकमिटिबाट मंगलसिह धामी, निर्मला धामी, नारद दत्त भट्ट, राजेन्द्रसिह कुवर र पुजा भट्ट गरि ५ जना प्रतिनिधि चयन गरिएको गाउँकमिटि सचिव नारददत्त भट्टले जानकारी दिनुभयो ।

नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटिले सर्वसम्मत ५ जना प्रतिनिधि चयन गरेको छ । पुरुषतर्फ नरेन्द्रसिह ठगुन्ना, ठगेन्द्रसिह जुहारी र पानसिह धामी सर्वसम्मत चयन भएका छन् भने महिला तर्फ गिता ठगुन्ना र रुपा टमटा चयन गरिएको नौगाड गाउँकमिटि अध्यक्ष जनकसिह ठगुन्नाले जानकारी दिनुभएको छ ।

दार्चुलाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा पनि आजै प्रतिनिधि छनोट गरिएको र नामावली आउन बाकि रहेको प्रचार प्रसार विभाग प्रमुख बडालले बताउनुभयो ।

नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिबेशन यहि पुष २३ गते सदरमुकाम खलंगामा हुदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !