एमालेले लगायो दार्चुलाका नौ ओटै पालिकामा नयाँ नेतृत्वको टुंगो

0
676

दार्चुला, कार्तिक २१ गते ।
नेकपा एमालेले दार्चुलाका सबै स्थानीय तहमा वडा र पालिका अधिवेशन मार्फत् नेतृत्वको टुंगो लगाएको छ । कार्तिक ९ गतेदेखि सुरु गरेको पालिका अधिवेशन शनिबार सम्पन्न गरेको हो । महाकाली नगरपालिकाबाट सुरुवात गरेको एमालेको पालिका अधिवेशन शनिबार मालिकार्जुनमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको एमाले प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

नेकपा एमाले जिल्ला अधिवेशन आयोजक कमिटि अध्यक्ष रामदत्त जोशीका अनुसार मालिकार्जुन गाउँ कमिटि अध्यक्षमा हरकसिह ठगुन्ना सर्वसम्मत चयन गर्दै पालिका अधिवेशन सम्पन्न गरेको हो । शुक्रबार बाट सुरु भएको मालिकार्जुनको गाउँ अधिवेशनले शनिबार ठगुन्नाको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।
लेकम गाउँपालिकामा केशबराज बिष्टको अध्यक्ष रहने गरी गाउँपालिका कमिटि गठन गरिएको छ । जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा नरसिंह चैसीर नगर कमिटी अध्यक्ष चयन हुनुभएको छ । मार्मा गाउँपालिकामा धिरेन्द्रसिह बिष्ट, नौगाड गाउँपालिकामा जनकसिंह ठगुन्ना, व्यास गाउँपालिकामा मंगलसिंह धामी, दुहुँ गाउँपालिकामा जंगबहादुर बम, अपिहिमाल गाउँपालिकामा पोखरसिह रोकाय गाउँपालिका कमिटी अध्यक्ष चयन हुनुभएको छ ।
६१ वडा रहेको जिल्लामा व्यास गाउँपालिका वडा नम्बर १ बाहेक ६० वडामा वडा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । व्यास १ मा समेत नेतृत्वको विषयमा सहमती भइसकेको र सौँका समुदायको कुञ्चा सर्न बाँकी रहेकोले केही दिनपछि घोषणा गरिने बताइएको छ । मार्माको वडा नम्बर १ मा रिउले ठगुन्ना, वडा नम्बर २ दिपकबहादुर सिंह, वडा नम्बर ३ मा दिपकराज जोशी, वडा नम्बर ४ मा करन सिंह महर, वडा नम्बर ५ मा हरक महता र वडा नम्बर ६ मा प्रेमसिंह कोट्टरीको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।
मालिकार्जुनको वडा नम्बर १ मा रमेश सिंह बोहरा, वडा नम्बर २ मा जितसिह धामी, वडा नम्बर ३ मा खडक सिह धामी, वडा नम्बर ४ मा मोहन सिह धामी, वडा नम्बर ५ मा बिरबहादुर पाल, वडा नम्बर ६ मा गणेश राम ओड, वडा नम्बर ७ मा बहादुर सिह खत्री र वडा नम्बर ८ मा मोहनसिह धामी वडा कमिटि अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा देवसिह जागरी, वडा नम्बर २ मा नन्दनसिह धामी, वडा नम्बर ३ मा अकबर सिंह कार्की, वडा नम्बर ४ मा रामलसिह धामी, वडा नम्बर ५ मा नरसिह धामी र वडा नम्बर ६ मा गजेन्द्र महर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
लेकम गाउँपालिकाको वडा नम्बर १ मा गणेशसिंह बिष्ट, वडा नम्बर २ मा पदमसिंह धामी, वडा नम्बर ३ मा रमेशप्रसाद भट्ट, वडा नम्बर ४ मा डम्बरबहादुर पाल, वडा नम्बर ५ मा केशवदत्त जोशी र वडा नम्बर ६ मा जयराज नाथको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ मा पदम खडायत, वडा नम्बर २ मा अम्बादत्त भट्ट, वडा नम्बर ३ मा केशब भट्ट, वडा नम्बर ४ मा अम्बादत्त भट्ट, वडा नम्बर ५ मा कल्यान डागा, वडा नम्बर ६ मा सुरेन्द्र बिष्ट, वडा नम्बर ७ मा नबराज भट्ट, वडा नम्बर ८ मा पुष्पराज जोशी र वडा नम्बर ९ मा केशव बिष्टको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।
नौगाडको वडा नम्बर १ मा मदनसिंह डडाल, वडा नम्बर २ मा चन्द्रसिंह ठगुन्ना, वडा नम्बर ३ मा नरेन्द्रसिंह ठगुन्ना, वडा नम्बर ४ मा जानकी ठगुन्ना, वडा नम्बर ५ मा अंगबिर धामी र वडा नम्बर ६ मा हर्कसिंह ठगुन्नाको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ ।
व्यासको वडा नम्बर १ मा नेतृत्व चयन गर्न बाँकी छ । वडा नम्बर २ मा जनकसिह धामी, वडा नम्बर ३ मा बिरसिह डडाल, वडा नम्बर ४ मा जयलाल विष्ट, वडा नम्बर ५ मा कर्णबहादुर बम र वडा नम्बर ६ मा प्रमानन्द भट्ट चयन हुनुभएको छ ।
महाकाली नगरपालिकाको वडा नम्बर १ मा हरी बडाल, वडा नम्बर २ मा विरसिह डोबाल, वडा नम्बर ३ मा बलदेवसिह महर, वडा नम्बर ४ मा सुकदेव सुनाम, वडा नम्बर ५ मा विजयी ऐरी, वडा नम्बर ६ मा मोहनबहादुर पाल, वडा नम्बर ७ मा कृष्णसिह रैखोला, वडा नम्बर ८ मा भवानसिह धामी र वडा नम्बर ९ मा कृष्णसिह सामन्त वडाअध्यक्ष चयन भएका छन् ।
दुहुँको वडा नम्बर १ मा मदन महरा, वडा नम्बर २ मा जमन बडाल, वडा नम्बर ३ मा पदमसिह बोहरा, वडा नम्बर ४ मा दिपक कुवँर र वडा नम्बर ५ मा धनसिह बडाल वडाअध्यक्ष चयन हुनुभएको छ । वडा र पालिका अधिवेशनको क्रममा सयौँ कार्यक्रता नेपाली कांग्रेश, नेकपा माओबादी केन्द्र र राप्रपा लगायत पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई सासंद गणेशसिंह ठगुन्नाले पार्टीमा स्वागत गरेको उहाँले बताउनुभयो ।
दार्चुलाका सबै पालिकामा सासंद, नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको छ । एमाले दार्चुलाले जिल्ला अधिवेशवन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय गरेको छ ।