एघारौँ दिनपछि खुल्यो ब्यास गाउँपालिकाको तालाबन्दी

0
671

दार्चुला, असोज ५ गते ।
दार्चुलाको ब्यास गाउँपालिकामा लगाइएको ताला एघारौँ दिनपछि खुलाइएको छ ।
भाद्र २६ गते प्रशासन शाखा र २९ गते गाउँपालिकाको कार्यालयमा लगाएको ताला आइतबार बिहान खोलिएको ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
तालाबन्दी गर्ने पक्षका मागहरु पुरा गर्ने शर्तमा तालाबन्दी खोलीएको उहाँले बताउनुभयो ।
ब्यास गाउँपालिकाले वडा नम्बर ३ का योजनाहरु रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, गाउँपालिकाले कोरोना नियन्त्रणका नाममा गरेको खर्च सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाले करारमा कार्यकर्ता भर्ती गरिहेकाले कर्मचारी भर्ना प्रक्रिया बारे जानकारी गराउनुपर्ने तथा वडासमितिको अधिकार हस्तक्षेप गर्ने गरि बनाइएको गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बिन्धी कार्यविधि २०७५ संसोधन गनुपर्ने मागसहित वडा नम्बर तिनले गरेको तालाबन्दीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले समेत साथ दिएको थियो ।जिल्ला प्रशासन कार्यालय दार्चुलामा आइतबार भएको छलफलमा मागहरु सम्बोधन गर्ने सहमती भएकाले ताला खोलिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर चन्द्र ओझाको भनाई छ ।
जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, सुरक्षा प्रमुखहरुको सहभागितामा बसेको बैठकले सहमति निकालेको ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष बुढाथोकीका अनुसार गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बिन्धी कार्यविधि २०७५ संशोधन गर्ने, वडा नम्बर ३ का योजनाहरु रकमान्तर नगर्ने विषयमा समेत सहमती भएको छ ।


यो पनि पढनुहोस