एक महिना देखि धार्चुलामा नेपालीः बझाङ र बैतडीका जनप्रतिनिधी दार्चुलामा

0
1312

दार्चुला, बैशाख १५ गते ।

एक महिना देखी आफ्ना नागरिकहरु धार्चुलाबाट सिमा वारी आउन नसकेपछि बैतडी र बझाङका जनप्रतिनिधीहरु दार्चुलामा पुगेका छन् ।
बुझाङ जिल्लाको बुंगल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टले आफ्ना नागरिकहरुलाई सरकारले एक महिना देखी स्वदेश ल्याउन नसकेको भन्दै पहलका लागी दार्चुला पुगेको बताएका छन् ।
स्थानीय सरकारको हालत फुटबलको जस्तै भएको उनले टिप्पणी गरेका छन् ।
स्थानीयहरुले आफूहरुसंग आएर स्वदेश ल्याउन पहल गर्न आग्रह गर्ने गरेका छन्, केन्द्र सरकारले अनुमति नदिदाँ आफूहरुको फुटबलको जस्तो हालत भएको छ, उहाँले भन्नुभयो ।
बुंगल नगरपालिकाका मात्रै महाकाली पारि २ सय ३४ जना रहेको जानकारी पाएको नगरप्रमुख विष्टले बताउनु भयो । साथै डिडिहाँटमा ११ जना र झुलाघाँटमा ६० जना रहेको उहाँको भनाई छ ।
आफ्ना नागरिकहरुले भातरमा एक महिना बिताएकाले उनीहरुलाई लैजान आफू दार्चुला आएको बताउनु नगरप्रमुख विष्टको भनाई छ । आफ्ना नागरिकहरुको अवस्था भारतमा झन् जोखिम भएको भन्दै आफ्नै नगरपालिका लैजाने भन्दै दार्चुला आएको उहाँको भनाई छ ।

पुरचौडी नगरपालिकाको टोली दार्चुलामा

भारतको सिमानाकामा रोकिएका व्यक्तिहरुको पहलकदकमी गर्न बैतडी जिल्ला पुर्चौडीको टोली दार्चुला तर्फ आएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल भारत दूइटै देशमा लकडाउन भएकोले बैतडी जिल्ला पुर्चौडी नगरपालिका लगायत विभिन्न स्थानका नगरिकहरु सिमानाका धारचुलामा रोकिएका थिए ।
लकडाउनका कारण करिब १ महिना वित्दा समेत सिमानाका नखुल्दा सिमाक्षेत्रमा रोकिएका पुर्चौडी नगरबासीको उद्धारको पहल गर्न पुर्चौडी नगरपालिकाको टोली आज दार्चुला आइरहेको टोलीमा आएको पुर्चौडी नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष रामबहादुर ऐरले जानकारी दिनुभयो ।
पुर्चौडीबाट आज हिडिसकेको बेलूकी गोकुलेश्वर बस्ने र भोली विहान दार्चुला पुग्ने वडाअध्यक्ष ऐरले बताउनु भयो । टोलीले दार्चुलामा पुगेपछि सिमानाकामा रहेका नगारिकहरुलको बारेमा जिल्ला प्रशासन कार्यालय दार्चुला, स्थानिय प्रशासन संग छलफल गरि गृहमन्त्रालयको निर्देशन अनुसार अगाडी बढ्ने बताउनु भयो ।
सिमानाकामा १२ सय भन्दा बढि नेपाली रहेकोमा पुर्चौडी नगरपालिकाका मात्र ४ सय भन्दा बढि रहेका छन् । पुर्चौडी नगरपालिकाअनुसार , नेपाल भारतको सिमानाका धारचुला र झुलाघाटमा गरि पुर्चौडी नगरपालिकाका ६ सय ६८ जना रहेको बताउनुभयो ।
त्यस्तै बैतडीको सिमानाका झुलाघाटमा रोकीएका व्यक्तिहरु नेपाल प्रवेश गराउन पनि नगरपालिकाको टोली बैतडी सदरमुकामको लागि हिडेको नगरपालिकाको नगरप्रवक्ता एवं वडानम्बर ३ का वडाअध्यक्ष दलबहादुर धामीले जानकारी दिनुभयो । बैतडीमा पनि जिल्ला प्रशासन लगायत सरोकारवालासंग छलफल गरि प्रक्रिया अगाडी बढाउने तयारी रहेको प्रवक्ता धामीले बताउनु भयो ।

दार्चुला र बैतडी दुईटै जिल्लाका लागि ५÷५ जनाको टोली रहेको उनले बताउनु भयो । जसमा दार्चुलाका लागि वडानम्बर ४ का वडाअध्यक्ष शैलेन्द्र धानुक वडाअध्यक्ष वडानम्बर ७ का वडाअध्यक्ष रामबहादुर ऐर , स्वयम सेवक दिलबहादुर धानुक र स्वास्थ्य कर्मी नरेन्द्र धानुक रहेका छन् । त्यस्तै बैतडी जिल्लाका लागि वडानम्बर ९ का वडाअध्यक्ष रम्भा बोहरा , वडानम्बर ६ का वडाअध्यक्ष जगि साउद ,वडानम्बर ३ का वडाअध्यक्ष एवं नगरप्रवक्ता दलबहादुर धामी स्वयम सेवक कर्णबहादुर धामी र स्वास्थ्य कर्मी गोविन्द साउँद रहेको बताइएको छ ।