एक जना मृत फेला

0
795
सांकेतिक तस्बीर

दार्चुला, फागुन १० गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ८ को धामिगडामा एक जना मृत अवस्थामा भेट्टिएका छन् । मालिकार्जुन गाउँपालिका वडा नं ८ का अन्दाजि बर्ष ३०–३२ का जयदेव टमटा मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सुचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

धामीगडा क्षेत्रमा दार्चुला–गोकुलेश्वर सडक भन्दा ५० मिटर तल भिरबाट खसेको अवस्थामा मृत भेटिएको उहाँको भनाई छ । विहान प्रहरीलाई जानकारी प्राप्त भएपछि सुचना अघिकारी एबं प्रहरी निरीक्षक चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का लिएको छ । प्रारम्भीक अनुसन्धानमा मृतक भिरबाट खसेको देखिएको उहाँको भनाई छ । शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दाचुला ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ ।