एक्काइसौं शताब्दीको अन्तसम्म पृथ्वीको तापक्रम चार डिग्री बढने ।

0
2218

जलवायु परिवर्तनको असरले पृथ्वीको सतह तातो बन्दैगएको छ । वैज्ञानिकहरुले एक्काइसौं बताब्दीको अन्तसम्ममा पृथ्वीको तापक्रममा ४ डिग्रीले वृद्धि हुने बताएका छन् । कार्वन उत्सर्जनमा नियन्त्रण नगरिए ५० देखि ८० वर्षभित्र पृथ्वीको तापक्रममा ४ डिग्री बढने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।
चाइनिज एकेडेमी अफ साइन्सको वायुमण्डलिय भौतिक संस्थानले यसबारे अनुसन्धान गरेको छ । अनुसन्धानले हरितगृह उत्सर्जनमा कमी ल्याउन नसके पृथ्वीका लागि चुनौती रहने देखाएको छ । अनुसन्धानमा शोधकर्ताहरुले ३९ क्षेत्रको जयवायु परीक्षण समेत गरेका छन् ।
पछिल्लो दशकहरुमा पृथ्वीमा परिरहेको जलवायु परिवर्तनको असरबाट अध्ययन विश्लेषण गरिएको छ । छिटोमा सन् २०६४ र ढिलोमा सन् २०९५ सम्म पृथ्वीको तापक्रम ४ डिग्रीले बढ्ने वैज्ञानिकहरुले दावी गरेका छन् । पृथ्वीको सुरक्षाका लागि गम्भीर हुन समेत उनीहरुले विश्व समुदायलाई आग्रह गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here