उद्योग मन्त्री बडु र मुख्य मन्त्री धामीद्धारा संयुक्त रुपमा मोटरेवल पुलको शिलान्यास,,एक वर्ष भित्र पुल निर्माण हुने

338

दार्चुला,असोज ०३ गते ।
दार्चुलामा नेपाल भारत जोड्ने मोटरेवल पुलको शिलान्यास गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूतिमन्त्री दिलेन्द्र प्रसाद बडु र भारत तर्फबाट उत्तरखण्डका मुख्य मन्त्री पुष्कर सिंह धामीद्धारा सोमबार सयुक्त रुपमा पुलको शिलान्यास गरेका छ । नेपालको महाकाली नगरपालिका वडा नम्वर ८ असिगडा र भारत तर्फ धार्चुलाको बलुवाकोट नजिक मल्ली छारछुम जोड्ने पुलको सयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारत सरकारले निर्माण गर्न लागेको उक्त पुल ३३ करोड भारुमा निर्माण हुन लागेको छ भने एक सय १० मिटर लम्बाईको डबल लेनको पुल एक बर्ष भित्र निर्माण हुने जनाएको छ । पुलको शिलान्यास गर्दै मन्त्री बडुले सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने पहिलो पटक नेपाल भारत जोड्ने पुल निर्माण हुन लागेको बताउनु भयो । यस अघि कैलाली र कञ्चनपुरमा मोटरेवल पुल भए पनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बन्नेका थिएन मन्त्री बडूले भन्नुभयो, दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला भएकोले त्रिदेशीय नेपाल–भारत–चीन व्यापारको समेत ढोका खुल्ने उहाँको भनाइ छ । पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै स्थानीय कृषि उत्पादन, जडिबुटी अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उहाँले बताउनुभयो । २०४८ साल देखि नै पुल बनाउने चाहाना र पहल भएपनि अहिले एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताउनुभयो । यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन सकिने उहाँले बताउनु भयो । यस्तै दुवै देश तर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने उहाँले बताउनु भयो । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ । त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुनेछ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयहरूको प्रतिक्रिया छ । उत्तरखण्डका मुख्य मन्त्री पुष्कर सिंह धामीले पुल निर्माण भए नेपाल र भारत बीच चल्दै आएको रोटी बेटीको सम्बन्ध मजबुद हुने बताएका छन् । भारतको टनकपुर सम्म कुनै पनि मोटरेवल पुन न भएकाले यो पुलले आवागमनमा सहज हुने उनले बताएका छन् । नेपालमा भएको कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी लगायतहरूको उपस्थिति रहेको थियो । यस्तै जिल्ला समन्वय समिति प्रमुख महादेब बडू महाकाली नगरपालिका नगर प्रमुख नर सिह चैसिर,उप प्रमुख दुर्गा कुमारी खत्री विष्ट, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिह ठगुन्ना, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, चार वटै सुरक्षा निकायका प्रमुख एवम कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । भारतमा भएको कार्यक्रममा क्षेत्रीय विधायक हरिश धामी,धारचुलाका बल्क प्रमुख धनसिंह धामी ,नगरपालिका अध्यक्ष राजेश्वरी देवी, जिल्लाधिकारी डाँ आशीष चौहान,पुलिस अधिक्षक लोकेश्वर सिंह भाजपाका नेता महेन्द्र वुदियाल लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !