उत्तराखण्डमा ८२८ संक्रमित थपिए, १२८५ निको भए

0
714

दार्चुला, असोज २ गते ।
भारतको उत्तराखण्डमा शुक्रवार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २ सय ८५ जना उपचारपछि निको भएका छन् । एकै दिन ४ जनाको मृत्यु भएको छ । उत्तराखण्डमा शुक्रवारसम्म ३८ हजार ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उत्तराखण्ड सरकारको स्वास्थ्य विभागले हेल्थ बुलेटिनमार्फत तथ्यांक सार्वजनिक गरेको हो । शुक्रवार थपिएका संक्रमितमध्ये देहरादून जिल्लामा सर्वाधिक छन् । देहरादूनमा ३ सय ५९ जना र पिथौरागढ जिल्लाका ९ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवार उत्तराखण्डभरीका ९ हजार ८ सय ५ जनाको स्वाब परीक्षण गरिएको थियो । राज्यमा ६८ प्रतिशत संक्रमित निको भएका छन् भने संक्रमण दर करिब ७ प्रतिशतले बढिरहेको स्वास्थ्य विभागको बुलेटिनमा उल्लेख छ ।
चार वर्षिय बालिकाको मृत्यु
कोरोना संक्रमणबाट उत्तराखण्डमा चार वर्षिय बालिकासहित चारजनाको मृत्यु भएको छ । ऋषिकेशस्थित एम्स अस्पतालमा शुक्रवार चारैजनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।
चार वर्षिय बालिकाको साथै ४२, ४५ र ७७ वर्षिय नागरिकको मृत्यु भएको जनाइएको छ । राज्यभर शुक्रवारसम्म ४ सय ६४ जनाको मृत्यु भइसकेको छ ।