उत्तराखण्डमा थप दुइमा काेराेना संक्रमण

0
1702

दार्चुला, चैत्र ७ गते ।
उत्तराखण्डमा थप दुइजनामा काेराेना संक्रमण भेटिएको छ । हल्द्वानीस्थित राजकिय मेडिकल कलेेजकाे वायराेलाेजी ल्यावकाे परिक्षणले विहिवार संक्रमणकाे पुष्टि गरेकाे हाे ।
देहरादुनबाट परीक्षणका लागि हल्द्वानी ल्याइएको नमुना जाचबाट काेराेना संक्रमणकाे पुष्टि भएको हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । यसअघि उत्तराखण्डमा एउटा मात्र संक्रमित फेला परेका थिए ।
विहिवार हल्द्वानीस्थित ल्यावमा ३९ नमुना परीक्षण गरिएकोमा ३७ मा निगेटिभ देखिएको हल्द्वानी मेडिकल कलेजका प्राचार्य डा. सीपी भैसाेडाले बताउनुभयो ।
काेराेनाकाे संक्रमण पुष्टि भएको जानकारी भारतकाेे केन्द्रीय निकाय आइसिएमआरलाई दिइएको उहाँले बताउनुभयो ।
गत आइतवार उत्तराखण्डका एक सरकारी अधिकारीमा काेराेना संक्रमण देखिएको थियाे । विहिवार संक्रमण पुष्टि भएका दुबैजना ती अधिकारीसंगैै बस्दैआएकाे तथ्य खुलेको छ । संक्रमण भएका तिनैजना देहरादुनमा बस्छन् ।