उत्तराखण्डका २ सय २९ गाँउ जोड्न नयाँ सडक बनाइने ।

2252

भारतको उत्तराखण्डमा अहिलेसम्म सडक सुविधा नपुगेका २ सय २९ गाँउ जोड्न नयाँ सडक बनाइने भएको छ । प्रधानमन्त्री ग्रामिण कृषि सडक परियोजनाअन्तर्गत १२६३ करोड भारतीय रुपैयाँ यी सडक निर्माणमा खर्च हुने भएका छन् ।
भारतको केन्द्र सरकारले सडक निर्माणका लागि खर्चको ठूलो हिस्सा व्यहोर्ने भएको छ । केन्द्र सरकारले सडक निर्माणमा ११३६ करोड र राज्य सरकारले १२७ करोड भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । २ सय ५० भन्दा बढी जनसंख्या भएका सबै गाँउसम्म सडक निर्माण गरिने हिन्दुस्तान दैनिक पत्रिकाले समाचार लेखेको छ ।
सडकसंगै २७ वटा मोटरपुल पनि निर्माण हुनेछन् । १ सय ७ गाँउ जोड्ने नयाँ सडक निर्माण, ९५ सडकको कालोपत्रे र २७ सडकमा जीप सञ्चालन गर्नलायक बनाइने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !