उकु क्षेत्रमा ट्युब तरेर नौगाडका ६ जना भित्रिए

0
1423

विरा दत्त भट्ट, दार्चुला ।

नेपाल भारतका सिमानाका बन्द भएको अवस्थमा सोमबार अबैध ट्युबमा तरेर नौगाड गाउँपालिकाका ६ जना जिल्ला सदरमुकाम खलंगा पुगेका छन् । मालिकार्जुन गाउँपालिकाको बाकुमा ट्युबमा तरेर भित्रीका उनिहरु जौलजीवी सम्म हिडेर पुगेको थिए भने जौलजिविमा प्रहरीले नियन्त्रणमा लिई सदरमुकाम खलंगा पुगाएको थियो । सोमबार राती १० बजे खलंगा पुगाइएका उनिहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखीएको महाकाली नगरपालिका विपद् ब्यवस्थापन शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिका संग समन्वय गरि उनिहरुलाई नौगाड गाउँपालिकाको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको विपद् ब्यवस्थापन शाखा संयोजक जोशीले बताउनुभयो ।
भारतबाट प्रति ब्यक्ती एक हजार रुपैया दिएर ट्युबमा नेपाल तरेको उनिहरुले बताएको संयोजक जोशीको भनाई छ ।

२६ जना महाकाली नगरपालिकाको क्वारेन्टाइनमा

महाकाली नगरपालिकाको क्वारेन्टाइनमा २६ जना पुगेका छन् । भारतबाट विभिन्न समयमा भित्रीएका नौगाड गाउँपालिकाका ६ जना, सुर्खेतका १ जना, डडेलधुराका १ जना, दुहु गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका १७ जना गरि २६ जना रहेको महाकाली नगरपालिका विपद् ब्यवस्थापन शाखा संयोजक भुवन जोशीले बताएका छन् ।