इन्सेकको प्रतिवेदन भन्छः पीडित महिलाले सहज रुपमा न्याय पाउन सकेन्न्

870

दार्चुला, मंसिर २६ गते ।
दार्चुलामा अझै पनि पीडित महिलाले सहज रुपमा न्याय पाउने अवस्था नरहेको अनौपचारीक क्षेत्र सेवा केन्द्र ( इन्सेक) को प्रतिवेदनले देखाएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ को पुर्व समिक्षा बैठकमा इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र सिह कार्कीले उक्त जानकारी दिनुभएको हो ।
सन् २०२० मा महिला तथा बालबालिका सेल दार्चुलामा घरेलु हिंसाका ३३ वटा उजुरी परेकोमा सबै मुद्दा मिलापत्रमा टुङ्ग्याइएको इन्सेकको प्रतिवेदनले देखाएको छ । स्थानिय सरकारका न्यायीक समितिको काम प्रभावकारी नभएकाले पीडित महिलाले न्यायका लागि दार्चुला सदरमुकाम खलंगामा उजुरी गर्न आउनुपर्ने बाध्यता कायमै रहेको छ । सदरमुकाम खलंगा पुगेर पनि पीडित महिलाले न्याय पाउनमा समस्या देखिएको इन्सेक प्रतिनिधी कार्कीले जानकारी दिनुभयो । हिंसामा परेर न्यायका लागि आउने महिलाहरु आफै सक्षम नभएका कारण पनि पीडित बनिरहेको उहाँको भनाई छ ।
त्यसैगरि घ श्रेणीको जिल्ला कारागार दार्चुलामा ४० जनाको क्षमता रहेको भएपनि क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । ४० जनाको क्षमता रहेको कारागारमा ५७ जना कैदी र थुनुवा रहेकाले कोचीएर बस्नुपर्ने बाध्यता रहेको इन्सेकको प्रतिबेदनले जनाएको छ । कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँचका लागि कारागार कार्यालय दार्चुलामा एक जना अहेबको दरबन्दी रहेको भएपनि विगत चार बर्ष देखि उक्त दरबन्दी रिक्त हुदाँ कैदी बन्दीको सामान्य चेकजाँचका लागि समेत सुरक्षा ब्यवस्थाका साथ अस्पताल सम्म पुगाउनुपर्ने बाध्यता रहेको इन्सेकको प्रतिबेदनले उल्लेख गरेको छ ।
त्यसैगरि दार्चुलामा गत विगतका बर्षहरुको भन्दा यौन दुब्र्यहार, बलात्कार तथा महिला हिंसाका घटना कम भएको इन्सेक दार्चुलाले जनाएको छ । सन् २०१९ मा दार्चुलामा बलात्कार तथा यौन दुब्र्यहारका ११ घटना भएकोमा सन् २०२० मा सात वटा घटना मात्रै भएका छन् । त्यस्तै २०१९ मा घरेलु हिंसाका ४५ वटा घटना भएका थिए भने २०२० मा ३३ वटा घरेलु हिंसाका घटना भएको इन्सेक दार्चुलाका प्रनितिधी नरेन्द्र सिह कार्कीले जानकारी दिनुभयो । त्यसैगरि सन् २०२० को हाल सम्म ८ वटा कर्तब्य ज्यान, चार वटा गिरफ्तारी तथा एउटा सरकारी सम्पतीमा क्षतीको घटना भएको इन्सेकको प्रतिबेदनले देखाएको छ ।
शुक्रबार जिल्ला सदरमुकाम खलंगामा गरिएको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ को पुर्व समिक्षा बैठकमा सहभागिहरुले इन्सेकको प्रतिवेदन माथि विभिन्न सुझाव दिएका छन् । सुदुरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशीले मानव अधिकार विपरित हुने हरेक किसिमका घटनाहरु इन्सेकको प्रतिवेदनमा समेटीनु पर्नेमा जोड दिनुभएको छ । साथै न्यायन क्षेत्रमा फैसला ढिला हुने भएकाले पीडित ब्यक्तिको सहजताका लागि छिटो छरीतो न्याय हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अदालत दार्चुलाका न्यायधीश लोकजंग शाहले घटनाहरु इन्सेकले अद्यावधिक गरि अझ विश्वसनिय बनाउनु पर्ने बताउनुभएको छ । भने पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले घरेलु हिंसा पिडीत महिलाहरुको तथ्याङ्नका नाम समाबेश गरि प्रकाशसन नगरिनु पर्ने बताउनुभयो । नाम प्रकाशन गरिदा समाजमा विभिन्न खाले असर पर्ने भएकोले नाम गोप्य हुनुपर्नेमा उहाँको जोड छ ।
त्यसैगरि सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आथिथ्यतामा गरिएको कार्यक्रममा जिल्ला न्यायधिस लोकजंग शाह विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुला, जिल्ला अस्पताल दार्चुला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, महिला अधिकारकर्मी, राजनितिक दल, प्रहरी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !