इन्टरनेट सेवा प्रदायक संस्थाको आधा दर्जन संस्थालाई सात लाखभन्दा बढी नगद र स्वास्थ्य सामग्री

0
979

कालापानी न्युज ,जेठ ३ गते । इन्टरनेट सेवा प्रदायक संस्था नेपालले covid -19 महामारी बिरुद्ध लड्न आधा दर्जन संस्थालाई सात लाखभन्दा बढी नगद र स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संस्थाले राष्ट्रिय आवस्किार केन्द्रलाई ५ लाख र भक्तपुरको मानव आश्रमलाई २ लाख १ हजार नगद सहयोग गरेको संस्थाको पुस्कर बडालले जानकारी दिनुभएको छ ।
संस्थाले ट्राफिक प्रहरी प्रभाग बग्गीखाना र महानगरीय प्रहरी आयुक्तको कार्यालय र लाई ३ सय थान प्ढछ मास्क, ३ सय थान सेनिटाइजर र ५ प्याकेट पञ्जा सहयोग गरेको छ भने नेपाल प्रेस काउन्सिललाई ३ सय ७५ थान मास्क, ३ सय थान सेनिटाइजर र ५ प्याकेट पञ्जा उपलब्ध गराएको छ ।
त्यसैगरी काठमाण्डौं महानगरपालिकालाई ३ सय थान मास्क, ३ सय थान सेनिटाइजार, ५० प्याकेट पञ्जा र १५ सय थान समान्य मास्क उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष पुस्कर बडालले जानकारी दिनुभएको छ ।
गम्भीर परिस्थितिमाम सबै सेवा प्रदायकहरु अटुट रुपमा इन्टरनेट सेवा प्रदान गर्ने बाहेक सामाजिक कार्य लगायत् जनहितको अभियानमा लागि रहेकाहरुसँग पनि हातेमालो गर्दै सो अभियानमा सहयोगी हुन पाएकोमा गौरवान्वित महशुष गर्दै सम्पूर्णलाई घरमै रहन र सुरक्षित रहन पनि संस्थाले विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

विज्ञप्ती हेर्नुहोस ।