इन्टरनेट तथा ल्याडलाइन सेवा सुचारु

547

दार्चुला, भाद्र २३ गते ।
तीन दिनदेखि अबरुद्ध दार्चुलाको इन्टरनेट तथा ल्याण्डलाइन सेवा बुधवार सुचारु भएको छ ।

आइतबार राती बलशिखरस्थिति मुख्य टावरमा चट्याङले क्षति पु¥याउदाँ अबरुद्ध बनेको इन्टरेनट तथा ल्याण्डलाइन सेवा बुधवार दिउँसोबाट सुचारु भएको हो । आइतबार राती परेको चट्याङले बलशिखरस्थित टावरमा विभिन्न उपकरणमा क्षति पु¥याएको थियो । मर्मत पश्चात् बुधवारदेखि ल्याण्डलाइन तथा इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !