आर्दश युवा समाजद्धारा विद्यार्थीहरुलाई मास्क वितरण

0
1057

दार्चुला, असोज २२ गते ।
आर्दश युवा समाज सुन्सेराले विद्यालयहरुमा मास्क वितरण गर्ने अभियान सञ्चालन गरेको छ । कोरोना प्रभाव कायमै रहेका बेला विद्यालयहरु खुलेकाले बालबालिकाहरुलाई कोरोनाको जोखिमबाट जोगाउन पहिलो चरणमा आज ब्यास गाउँपालिका वडा नं ४ मा रहेको ब्रह्मदह आधारभुत विद्यालय डोबका विद्यार्थी र शिक्षकहरुलाई मास्क वितरण गरिएको आर्दश युवा समाज सुन्सेराका अध्यक्ष कल्यान सिह खत्रीले जानकारी दिनुभयो ।
कोरोनाको जोखिमबाट बच्न ब्यास गाउँपालिकाका विद्यार्थी तथा शिक्षकहरुलाई मास्क वितरण गरिरहेका छौ, अध्यक्ष खत्रीले भन्नुभयो ।
मास्क वितरण कार्यक्रम गाउँपालिका भरि सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । कोरोना जोखिमका बेला विद्यालयमा मास्क वितरण गरेकोमा ब्रह्मदह आधारभुत विद्यालय डोबका प्रधानाध्यापक कलावती भट्टले धन्यबाद दिएका छन् ।