आगामी बैशाख ३० गते हुने निर्वाचनमा दार्चुलाका कुन स्थानीय तहमा कति मतदाता ?

0
688
दार्चुलाका स्थानीय तहहरुमा मतदाता विवरण- स्रोत: निर्वाचन आयोग नेपाल

दार्चुला, चैत्र १४ गते । 

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११  पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ । त्यसैगरी जिल्ला भरि १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने छन् । 

स्थानीय तहगत रुपमा मतदाता हेर्दा अपिहिमाल गाउँपालिकामा २ हजार ३ सय ९४ जना पुरुष र २ हजार २ सय ५७ महिला गरि ४ हजार ६ सय ५१ मतदाता रहेका छन् । अपिहिमाल गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ । 

दुँहु गाउँपालिकामा ४ हजार १ सय ८० पुरुष र ४ हजार ९६ महिला गरि ८ हजार २ सय ७६ मतदाता रहेका छन् भने ५ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र तोकिएको छ । 

नौगाड गाउँपालिकामा ५ हजार ५२ पुरुष र ४ हजार ५ सय ८४ महिला गरि ९ हजार ५ सय ९६ मतदाता रहेका छन् भने १२ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । 

व्यास गाउँपालिकामा ४ हजार ४ जना पुरुष र ३ हजार ८ सय महिला गरि ७ हजार ८ सय ४ कुल मतदाता रहेका छन् भने ११ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ । 

महाकाली नगरपालिकामा ६ हजार ६ सय ६१ पुरुष र ६ हजार ६ सय २३ महिला गरि कुल १३ हजार २ सय ८४ मतदाता रहेका छन् भने १५ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र तोकिएको छ ।

मार्मा गाउँपालिकामा ४ हजार ७ सय ७७ पुरुष र ४ हजार ५ सय ८ गरि ९ हजार २ सय ८५ कुल मतदाता रहेका छन् भने १४ मतदान स्थल र १६ मतदान केन्द्र तोकिएको छ । 

मालिकार्जुन गाउँपालिकामा ५ हजार ८ सय १८ पुरुष र ५ हजार ५ सय २ महिला गरि ११ हजार ३ सय २० जना मतदाता रहेका छन् भने १५ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र तोकिएको छ । 

लेकम गाउँपालिकामा ५ हजार १६ पुरुष र ४ हजार ७ सय ५४ महिला गरि कुल ९ हजार ७ सय ७० मतदाता रहेका छन् भने १३ मतदान स्थल र १६ वटा मतदान केन्द्र तोकिएका छन् । 

शैल्यशिखर नगरपालिकामा ७ हजार २ सय ४९ पुरुष र ७ हजार ५० महिला गरि १४ हजार २ सय ९९ कुल मतदाता रहेका छन् भने १७ मतदान स्थल र २२ मतदान केन्द्र तोकिएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्ला भरिका ९ वटै स्थानीय तहहरुमा कुल ७३ हजार ५० मतदाता रहेका थिए । पाँच वर्षमा दार्चुलामा झण्डै १५ हजार मतदाता थपिएका छन् ।