आगामी आर्थिक बर्षमा पुर्वाधार विकास कार्यालय मार्फत दार्चुलामा प्रदेशका ३४ योजना

856

दार्चुला, असार ७ गते ।
आगामी आर्थिक बर्ष २०७८/८९ मा पुर्वाधार विकास कार्यालय बैतडी मार्फत दार्चुलामा विभिन्न ३४ वटा योजना कार्यान्वयन हुने भएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारले पुर्वाधार विकास कार्यालय बैतडी मार्फत दार्चुलाका लागि विभिन्न ३४ वटा पुर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा बजेट विनियोजन गरेको छ । संघको अनुदानबाट दार्चुलामा पुर्वाधार निर्माण सम्बन्धी विभिन्न ३४ वटा योजनाहरु आगामी आर्थिक बर्षमा सञ्चालन हुने सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
गोकुलेश्वर–बन्तोली–पनेबाज सडकमा १२ करोड ५० लाख, तपोवन–निम्ठा–विनायक देखि नौगाड गाउँपालिका सम्म जोड्ने सडकमा ९ करोड २९ लाख तथा खलंगा–खार–देथला–पारिबगड सडकमा ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
नागु–दल्लेख–सीना सडकमा १ करोड, मालिकार्जुन–भगवती–थाप्ला दत्तु सडकमा १ करोड, घट्टेखोला सडक पुल निर्माणमा ५० लाख, मनौगाड खोला पुल निर्माण सडकमा ५० लाख, तिमुरपाटा–खेती–कालागाड–बानानी हुती सडकमा १० लाख, ऐरिछाना–बन्लेक–लिमा बाकु सडकमा १५ लाख तथा शंकरपुर–हुनैनाथ चन्दपुर वडा कार्यालय हुदै डाडाकोट सडकमा २० लाख बजेट विनियोजन गरिएको छ । जोशीगाउँ–बाज–फारा–सुतखोला सिद्धटोपी पर्यटकीय सडकमा १० लाख, होपरी–सीप्टी सडकमा २० लाख, थालिगाड–निसिल बजानी सडकमा २० लाख, शंकरपुर –गोठ्युडी चन्दनपुर–डाडाकोट हुदै लालि सडकमा २० लाख, हिकिला–सिद्धटोपी पर्यटकीय सडकमा २० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि बागाबगड–स्वास्थ्यचौकी बाज देखि काटै सडकमा १५ लाख, ऐरिछाना–रिठाचौपाता–धन्थला सडकमा २० लाख, बलाच थला तौकी थाम सडकमा ६० लाख, शंकरपुर जोजजिवि सडकमा २० लाख, धाप–जेवलधार–जामिरगाड–पौनेखोला–भारडाखान पन्ढुङ्गा धुलिगाडा सडक महाकाली नगरपालिकामा १० लाख तथा मालिकार्जुन–न्वालपानी–दमोरा सडकमा २० लाख बजेट विनियोजन गरिएको छ ।
होपरी–सीतोला–अपीहिमाल सडक शैल्यशिखर नगरपालिकामा २० लाख, लेकगाउँ–रानिशिखर–देथला सडक शैल्यशिखर नगरपालिकामा २० लाख, कुकुरेगाड–तामाखानी–कैचुला–ब्रह्मदेब सिद्धटोपी सडकमा १० लाख, पारिबगड–जेुडे–ताकु–घोल्चर हुदै परमचुला सडक मार्मा गाउँपालिका १ मा २० लाख र रेला– थुम्ती– सौगन्ना मकरीगाड सडक अपिहिमाल गाउँपालिका ५ मा २० लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे पुलहरु निर्माणका लागि समेत बजेटको विनियोजन गरेको छ । जसमध्ये सुन्सेरा–ठुलोखोला झोलुङ्गे पुल ब्यास ४ मा १५ लाख, खेतली–बाडाबगड झोलुङ्गे पुल निर्माण लेकम १ मा १० लाख, दानुगाड झोलुङ्गे पुल निर्माण लेकम गाउँपालिका १ र २ मा २० लाख, तुतु खोला झोलुङ्गे पुल निर्माण दुहु गाउँपालिका ५ मा १५ लाख, सिमार दलित बस्ती ढल निकास योजना मार्मा २ मा २० लाख, पन्खाए–गोफा–गोधानी गोरेटो बाटो नौगाड १ मा १५ लाख तथा पारिवगड–गुल्जर हुदै बझाङ जोड्ने सडक मार्मा गाउँपालिका १ मा १० लाख बजेट विनियोजन गरिएको छ । पुर्वाधार विकास कार्यालय बैतडी मार्फत दार्चुला र बैतडीमा विगतका बर्षहरुमा निर्माण सम्पन्न भएका योजनाहरुको आपतकालिन मर्मतका लागि समेत बजेट छुट्याइएको छ । विगतमा सञ्चालन भएका योजनाको आपतकालीन मर्मतका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !