अस्पतालमा मृत्यु भएका कुवँरको कोरोना रिर्पोट नेगेटिभ

903

दार्चुला, साउन २० गते ।
जिल्ला अस्पताल दार्चुलामा सोमबार विहान २ बजे उपचारको क्रममा मृत्यु भएका एक जनाको कोरोना परिक्षणका लागि गरिएको पिसिआर रिर्पाेट नेगेटिभ आएको छ ।
जिल्लाको ब्यास गाउँपालिका वडा नं ५ का २८ बर्षिय युवा लोकेन्द्र कुवरको उपचारको क्रममै श्वासफेर्न समस्या भएको कारण मृत्यु भएको थियो ।
श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या लिएर आइतबार दिउसो अस्पताल पुगेका कुवर राती १० बजे पुनः अस्पताल पुगेर भर्ना भएका थिए ।
कोरोनाको आशंकामा कुवरको आरडीटी परिक्षण गर्दा नेगेटिभ आएको थियो भने पिसिआर परिक्षणका लागि स्वाब डडेलधुरा पठाइएको थियो । पिसिआर रिर्पाेट नेगेटिभ आएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख गजेन्द्र दुवालले जानकारी दिनुभयो ।
कोरोनाको आशंकामा मृतकको शब अस्पतालमै राखिएको थियो । रिर्पाेट आइसकेकाले दाहसंस्कारका लागि शब आफन्तको जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

 


 

तपाईको प्रतिक्रिया दिनुहोस् !