अमेरिका चीन भन्दा तेब्बर धनी ।

2266

अमेरिका चीनभन्दा झण्डै तीन गुना बढी सम्पत्ति भएको देश बनेको छ । एफ्रोएसिया बैंक विश्वव्यापी सम्पत्ति पलायन समीक्षाको रिपोर्टअनुसार अमेरिका सबैभन्दा धनी देश रहेको छ ।
अमेरिकामा ६२५८४ अरब अमेरिकी डलर सम्पत्ति रहेको छ । जबकी अमेरिकाको प्रतिस्पर्धी ठानिएको चीनमा २४८०३ अरब अमेरिकी डलर सम्पत्ति छ । विश्वका धनी देशको सुचीमा जापान तेस्रो, बेलायत चौथो र जर्मनी पाँचौ स्थानमा छ । जापानमा १९५२२ अरब डलर सम्पत्ति छ भने बेलायत र जर्मनीमा क्रमशः ९९१९ अरब डलर र ९६६० अरब डलरको सम्पत्ति छ ।
चीनको प्रतिस्पर्धी मानिएको भारत धनी देशको सुचीमा छैठौंस्थानमा छ । भारतमा ८२३० अरब डलर अर्थात ५५९ लाख करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति छ । फ्रान्समा ६६४९ अरब, क्यानाडामा ६३९३ अरब, अस्ट्रेलियामा ६१४२ अरब र इटलीमा ४२७६ अरब अमेरिकी डलरको सम्पत्ति छ ।
देशभरीका नागरिकहरुसंग रहेको व्यक्तिगत सम्पत्तिका आधारमा यो तथ्यांक निकालिएको रिपोर्टमा जनाइएको छ । सन् २०२७ सम्म भारत बेलायत र जर्मनीलाई उछिन्दै विश्वको चौथो धनी देश बन्नसक्ने रिपोर्टमा भनिएको छ ।
संसारभर १० लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका नागरिकको संख्या १ करोड ५२ लाख छ । त्यस्तै एक करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका ५ लाख ८४ हजार नागरिक छन् भने एक अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका नागरिक २ हजार २ सय ५२ छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !