अब जिल्ला प्रशासन कार्यालय दार्चुलामा निःशुल्क फोटोकपी सेवा

1139
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, चैत्र ५ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा अब निः शुल्क फोटोकपी सेवा उपलब्ध गरिने भएको छ ।

प्रशासनबाट प्रवाह हुने सार्वजनिक सेवा संग सम्बन्धीत कागजपत्रहरुको फोटोकपी निःशुल्क रुपमा प्रदान गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै जिल्लाको भौगोलिक विकटतलाई दृष्टीगत गर्दै बृद्ध, अशक्त, अपाङ्ग लगायत सबै सेवाग्राहीहरुका लागि चैत्र ८ गते देखि सरल र सहज रुपमा निः शुल्क फोटोकपी सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।


विज्ञापन

तपाईको प्रतिक्रिया दिनुहोस् !