अपि नाम्पा संरक्षण क्षेत्रद्धारा १२ करोड बढी राजस्व संकलन, पर्यटन संख्या भने न्युन

0
867

दार्चुला, साउन २६ गते ।
दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले स्थापना काल देखि हाल सम्म १२ करोड ३४ लाख ३६ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । २०६७ सालमा स्थापना भएको कार्यालयले हाल सम्म उक्त राजस्व संकलन गरेको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा एक करोड बढी राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्रमा पाइने विभिन्न प्रकारका जडिबुटीको निकासी बाफत १ करोड ४ लाख ५ हजार ५ सय १५ रुपैया राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख किसोर मेहताले जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा सबै भन्दा बढी ३ सय २७ किलोग्राम यार्सागुम्बा निकासीबाट ९८ लाख १० हजार रुपैया राजस्व संकलन भएको छ । त्यसैगरि ३ हजार २ सय ५० किलोग्राम बनलसुनबाट ९७ हजार ५ सय, ४ हजार ४० किलोग्राम साधारण च्याउबाट ४० हजार ४ सय, २ हजार ५सय किलोग्राम जटामसी बाट १ लाख २५ हजार, १ हजार ८ सय ५० किलोग्राम अल्लो बाट ९ हजार २ सय ५०रुपैयाँ, १ हजार १ सय २८ किलोग्राम सतुवा बाट ४५ हजार १ सय २० रुपैया , ८६ किलोग्राम गुच्छी च्याउ बाट ४३ हजार रुपैया राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
त्यसैगरि ३ हजार ६ सय किलोग्राम पासाणबेद बाट २५ हजार २ सय रुपैयाँ, २ हजार ३ सय ४५ किलोग्राम चिराइतोबाट ३५ हजार १सय ७५ रुपैयाँ, ४ हजार १सय ५० किलोग्राम कटुकी बाट १ लाख २४ हजार ५ सय रुपैयाँ, ९ सय किलोग्राम सेतकचीनीबाट १३ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।
३ हजार ६ सय ७ किलोग्राम रिट्ठा बाट १० हजार ८ सय २१ रुपैया, ३ सय ९० किलोग्राम टिमुर बाट ३ हजार ९ सय रुपैया, २ सय ३७ किलोग्राम तेजपात बाट ४ सय ७४ रुपैया, १ हजार किलोग्राम सुगन्धवाल बाट २० हजार रुपैया, २५ किलोग्राम कालादाना बाट १ सय ७५ रुपैया र १५ सय किलोग्राम अमला बाट १५ सय रुपैया निकासी राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा गत आर्थिक बषको भन्दा बढी राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा बहुमुल्य जडीबुटी यार्सागुम्बा बाट मात्रै १ करोड २८ लाख ५० हजार रुपैयाँ निकासी मार्फत राजस्वक संकलन भएको छ भने कुल १ करोड ३२ लाख ९३ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा २ करोड ४४ लाख १४ हजार ९७ रुपैया, आर्थिक बर्ष २०७३÷७४ मा २करोड, ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ र आर्थिक बर्ष २०७२÷७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ रुपैयाँ राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

पर्यटन संख्या न्युन

अपि नाम्पा संरक्षण क्षेत्रमा सुन्दर अपि हिमाल देखि तालहरु, बन्यजन्तु लगायत विभिन्न धार्मीक र पर्यटकीय क्षेत्र भएपनि यस क्षेत्रका घुम्न आउने पर्यटकको संख्या भने थोरै रहेको छ । आर्थिक बर्ष २०७३÷०७४ मा २५ जना, २०७४÷०७५ मा २७ जना, २०७५÷०७६ मा ३८ जना र आर्थिक बर्ष २०७६÷०७७ देखि हाल सम्म ७ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले बन्यजन्तुबाट हुने क्षती बाफत राहत पनि वितरण गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा २१ जनालाई जंगलि चितुवाबाट पशुधन क्षती र जंगली बदेलबाट घाइते भएका २ जनालाई ९ लाख ३८ हजार ४ सय ७५ रुपैयाँ राहत रकम वितरण गरेको छ ।
भने आर्थिक बर्ष २०७६÷०७७ मा जंगलि चितुवाबाट पशुधन क्षती भएका २३ जना, बालिनाली क्षती भएका २ जना र जंगली बदेलबाट सख्त घाइते भएका एक जना गरि २३ जनालाई ५ लाख ३८ हजार राहत वितरण गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

१५ दरबन्दी रिक्त

अपी नाम्पा संरक्षण क्षेत्रका कर्मचार अभाव रहेको छ । कुल ६७ जना स्थायी कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ५२ जनाको मात्रै पदपुर्ती भएको र बाकि १५ दरबन्दी रिक्त रहेको कार्यालय प्रमुख किसोर मेहताले जानकारी दिनुभयो ।
सात जना रेन्जरको दरबन्दी रहेको कार्यालयमा हाल ५ जना मात्रै रहेका छन् भने २ दरबन्दी रिक्त रहेको छ ।
पाँच दरबन्दी रहेको खरिदार मध्ये पनि ३ जनाको मात्रै पदपुर्ती छ भने दुई दरबन्दी रिक्त छन् । १२ जना सिनियर गेम स्काउटको दरबन्दी रहेको कार्यालयमा हाल ७ जनाको पदपुर्ती भएको छ भने ५ दरबन्दी रिक्त रहेका छन् । गेम स्काउटको ३६ दरबन्दी रहेकोमा हाल ३० पदपुर्ती छन् भने ६ पद रिक्त रहेको कार्यालय प्रमुख मेहताले जानकारी दिनुभयो ।