अनेरास्ववियु दार्चुला जिल्ला कमिटीको अध्यक्षमा उम्मेद्वारी दिने ठगुन्नाको घोषणा 

0
495

दार्चुला, फागुन १७ गते । 

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुला जिल्ला कमिटीको यही फागुन २५ र २६ गते अधिवेशन हुँदैछ ।

जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको दार्चुला बहुमुखी क्याम्पसको अनेरास्ववियु कमिटी संयोजक सन्तोष सिह ठगुन्नाले बताउनुभएको छ ।
यस पटक जिल्ला कमिटी अध्यक्ष पदमा आफ्नो दाबी रहेको उहाँले कालापानी न्युज डटकमलाई बताउनुभयो । २०६९ सालमा केदारेश्वरी मावि सुण्डमुण्डको अनेरास्ववियु कमिटी सचिवबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका ठगुन्ना हाल जिल्ला कमिटीको सचिवालय सदस्य समेत छन् ।