अनुदानको चामलमा अनियमीतताले खाद्यान्न अभाव भएपछि सुन्सेराका स्थानिय आन्दोलित

0
1507

विरा दत्त भट्ट, दार्चुला
कोरोनाको प्रभावले देशैभरि लकडाउन गरिएपछि खाद्यान्न अभावले ब्यास गाउँपालिकाको वडा नं ४ सुन्सेराका स्थानिय आन्दोलीत बनेका छन् ।
नेपाल खाद्य संस्थानले कम खाद्यान्न उत्पाद हुने क्षेत्र भनेर साविकको सुन्सेरा गा.वि.स मा ढुवानी अनुदानमा विक्री हुदै आइरेको चामल अहिले हुती, धौलाकोट लगायतका क्षेत्रमा विक्री भएपछि सुन्सेरामा डिपोको चामल थोरै मात्र पुग्ने गरेको स्थानियहरुले बताएका छन् ।
ब्यास गाउँपालिकाको वडा नं ३ सिना र वडा नं ४ सुन्सेराका स्थानियहरुले भारत बाट चामल लिने गरेकोमा भारत संगका नाकाहरु बन्द गरिएपछि सुन्सेरामा खाद्यान्नको अभाव भएको स्थानिय पत्रकार मान सिह कुवरले बताउनुभयो ।
धेरैदिनपछि मंगलबार विहान एक ट्याक्टर केहि मात्रामा चामल बोकेर सुन्सेरा पुगेको थियो तर खलंगाबाट सोमबार ३० किलोग्रामका ४० बोरा चामल बोकेर गएको उक्त ट्याकरले केहि बोरा चामल मात्रै सुन्सेरा पुगाएको र बाकि चामल आधि बाटोमा नै विक्रीगरेपछि चामल लिन भनि पुगेका सुन्सेराका स्थानिय आन्दोलीत भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्यास गाउँपालिका वडा नं ४ का अध्यक्ष पान सिह कुवरको नेतृत्वमा ६० जना भन्दा बढि स्थानियहरुले सुन्सेराको स्थानिय बजार क्षेत्र (ब्यास गाउँपालिकाको कार्याल नजिक) साद्दाङमा चामल ढुवानी कर्ता विरुद्ध प्रर्दशन गरेका छन् ।
सुन्सेरा डीपोमा चामल विक्रेता भनेर तोकीएका ब्यक्तिले समयमै पैसा नबुझाएपछि ट्याकटरमा ढुवानी गर्ने ब्यक्ति मार्फत नै चामल वितरण गरिएको चामल ढुवानीको जिम्मा पाएका बडु टे«डर्स एण्ड सप्लायर्सका ठेकेदार महेन्द्र बडुको भनाई छ ।
मंगलबार ४० बोरा चामल भएकाले सबै स्थानियहरुलाई नपुगेको ट्याकटर ब्यवसायी प्रेम सिह धामीको भनाई छ ।