अनियमित विद्युत तथा सञ्चार सेवा सुधारका लागि अनेरास्ववियुको ज्ञापन

0
606

दार्चुला, साउन ३ गते ।
अनियमित विद्युत तथा सञ्चार सेवा सुधारका लागि अनेरास्ववियु दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाएको छ ।

विगत केहि दिन देखि दार्चुलामा विद्युत छिन छिनमा अवरुद्ध हुने गरेको छ । दार्चुला सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा विद्युत छिन छिनमा अवरुद्ध हुदाँ जनजिविका प्रभावित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको अनेरास्ववियुले जनाएको छ । कोरोना भाइरसको प्रभावले विद्यार्थीहरु अनलाईन कक्षा लिइरहेका बेला जिल्ला भरिका फोन टावरहरुले काम नगर्दा विद्यार्थीहरुको पढाई समेत प्रभावित भइरहेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष आन सिह बडालको भनाई छ । विद्युत तथा फोन सेवालाई चाडो भन्दा चाडो सुधार गर्नुपर्ने विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यका लागि क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववियुको जोडदार माग रहेको उहाँको भनाई छ ।