अध्यक्ष नेपालले गरे नेकपा एसको दार्चुला जिल्ला कमिटि घोषणा, अध्यक्षमा ठगुन्ना

546

दार्चुला, कार्तिक २४ गते ।
नेपाल कम्युनिष्ट पार्टी एकिृकत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल बुधबार दार्चुला पुगेर जिल्ला कमिटिको घोषणा गरेका छन् । विर बहादुर ठगुन्ना अध्यक्ष रहने गरि ५१ सदस्यिय जिल्ला कमिटि घोषणा गरिएको नेकपा एसले जनाएको छ ।

त्यसैगरि उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी चयन भएका छन् । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन भएका छन् । जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन् । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बसपार्कमा आयोजित कार्यकर्ता भेलालाई अध्यक्ष नेपाल र मन्त्री प्रेम आलेले सम्बोधन गरेका थिए । अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भोनुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत नेकपा एसका नेताहरु हेलिकोप्टर मार्फत गोकुलेश्वर पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !