अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी पासुलाई

1046
प्रतिकात्मक फोटो

दार्चुला, चैत्र  ६ गते ।
ब्याँस गाउँपालिका वडा नम्बर ५ मा सञ्चालन गरिएको चौथो ब्याँस गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता विहीवार समापन भएको छ ।


शिवरात्री पर्वको अवसरमा ब्याँस गाउँपालिकाको आर्थिक सहयोगमा स्वर्गीय सुरेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानको आयोजनामा चौथो गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । फागुन २७ गते उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम विहीवार सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधी एक्सन स्टार पासु ए ले जितेको छ । अन्तिम खेलमा आयोजक ए लाई पराजित गर्दै एक्सन स्टार ए पासुले प्रतियोगिताको उपाधी जितेको हो ।
यस्तै आयोजक ए द्वित्तिय, आदर्श युवा समाज सुन्सेरा तृत्तीय भएको छ । प्रथम, द्वित्तिय र तृत्तीय हुने टीमलाई क्रमशः ५१ हजार, ३१ हजार र ११ हजार नगद सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष दिवानसिंह धामीले बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष धामीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमा भट्ट, वडा नम्बर ५ का वडाध्यक्ष विशिष्ट अतिथि रहेका थिए ।


तपाईको प्रतिक्रिया दिनुहोस् !