अतीतको विरासत भएपनि अब भारतीय गोर्खा सैनिक समय अनुकुल छैनः परराष्ट्र मन्त्रालय

0
810

दार्चुला,साउन १८ गते । भारतीय गोर्खा सैनिकको भर्ती नेपालका लागि बिरासत भएपनि हाल अएर समय अनुकुल नभएको पराष्ट्र मन्त्रालयले निष्कर्ष निकालेको छ ।
१९४७ मा भएको सम्झौता तत्कालीन समयमा उपयुक्त भएपनि हाल निरर्थक भएको भन्दै यसबारे समीक्षा गरिने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
तत्कालीन सम्झैताका केही प्रवधान संदिग्ध भएको निष्कर्ष निकाल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो सम्झैतामा निरर्थक भएको स्पष्ट पार्नुभएको छ । मुलत नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सीमामा भएको बिवादका कारण सो सम्झौता निरर्थक भएको परराष्ट्र मन्त्रालयको ठम्याइ छ ।
समाचार एजेन्सी एएनआईलाई परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ ।’
भारतीय गोरखा सैनिक भर्तीबारे नेपालमा एउटा छलफलको बिषय बनेको छ । नेपाल एक स्वतन्त्र मुलुक भएका कारण कुनै देशका बिरुद्ध नेपालीले बन्दुक चलाउन नहुने मान्यतामा अडिग रहनुपर्ने बताइदै आएको छ । तर भारतले चीनसँगको सीमा विवादका घटनामा गोर्खा सैनिकलाइ प्रयोग गर्दै आएको छ । भर्खरै लद्दाखमा भएको चिनियाँ भारतीय सैनिकबीच भएको हिंसापछि भारतले बिदामा बसेका गोर्खा सैनिकहरुलाई फिर्ता बोलाएको थियो ।

साभारः न्युज २४ नेपाल