अतिक्रमित र त्रिदेशीय सीमाक्षेत्रलाई सरकारको उपेक्षा

0
2368

दार्चुला, मंसिर १७ गते ।
भारतबाट अतिक्रमित र त्रिदेशीय सीमाक्षेत्रको सुरक्षा व्यवस्थापनमा सरकारले उपेक्षा गर्दैआएको छ । दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नम्बर १ मा पर्ने कालापानी क्षेत्र पाँच दशकदेखि भारतले अतिक्रमण गर्दैआएको छ । भारत र चीनको सिमा जोडिने जिल्लाको उत्तरी क्षेत्रमा वर्षैभरी सुरक्षा उपस्थिति हुन सकेको छैन ।
गतवर्षको फागुनमा मात्रै गृहमन्त्री रामवहादुर थापाले सीमाक्षेत्रलाई सरकारले उच्च महत्व र प्राथमिकता दिएको बताउदै तत्काल कालापानीमा सशस्त्र प्रहरी राख्ने घोषणा गर्नुभएको थियो । महाकाली नदीमा नेपाली पक्षको स्वीकृतिविना भारतीय पक्षले काठेपुल राखेको विषयले चर्चा पाएपछि गृहमन्त्रीको यस्तो प्रतिक्रिया आएको थियो । तर गृहमन्त्रीको घोषणा १० महिनासम्म कार्यान्वयन हुन सकेको छैन । यसबीचमा गृह प्रशासन सुधार कार्ययोजनाअनुसार देशभरका १० ठाँउमा सशस्त्र प्रहरीका नयाँ पोष्ट थपिएका छन् ।
गृहमन्त्री थापाले जिम्मेवारी सम्हालेलगत्तै ८२ बुँदे सुधार कार्ययोजना बनाउनुभएको थियो । गृहमन्त्रीको कार्ययोजनाअनुसार १० ठाँउमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट थपिदा गृहमन्त्री आफैले घोषणा गरेको कालापानीमा पोष्ट राखिएको छैन ।
गत भदौ महिनामा देशभरका विभिन्न १० स्थानमा सीमा सुरक्षा पोष्ट (विओपी) राख्न सशस्त्र प्रहरी वलको हेडक्वाटरले जिल्लास्तरका युनिटहरुलाई सर्कुलर गरिसकेको छ । थपिएका विओपीमध्ये सुदूरपश्चिम प्रदेशमा ३ वटा छन् । कञ्चनपुरको ब्रह्मदेव र पुनर्वास तथा कैलालीको टिकापुर नगरपालिकाको धनसिहपुरमा नयाँ पोष्ट राखिएका छन् ।
अतिक्रमित र त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्यासमा भने सशस्त्र प्रहरीको पोष्ट थपिएको छैन । व्यास क्षेत्रमा सशस्त्रको पोष्ट राख्न दार्चुलाबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने नेता र प्रशासकहरुले विगतदेखि नै पहल गर्दैआएका छन् । दार्चुलाका आउने सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले प्राथमिकताका साथ व्यास क्षेत्रमा सुरक्षा उपस्थितिका लागि रिपोर्टिङ गर्दैआएका छन् ।
तर डेढ दशकदेखिको राजनीतिक र प्रशासनिक प्रयासले परिणाम दिन नसकेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो र्। व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने विषयमा सबैको एक मत देखिन्छ’ उहाँले भन्नुभयोर्, सबैले प्राथमिकताका साथ पहल गरेको पनि देखिन्छ तर पनि अहिलेसम्म वर्षभरी बस्नेगरी सुरक्षाकर्मी राख्न सकिएको छैन ।’
गृहमन्त्री थापाको ८२ बुँदे कार्ययोजनामा महत्वपूर्ण सीमाक्षेत्रमा सशस्त्र प्रहरीका १० वटा पोष्ट थपिने उल्लेख थियो । कार्ययोजनाको बुँदाले पनि दार्चुलाको सिमाक्षेत्रको अवस्थालाई सम्बोधन गर्न नसकेको महासंघ अध्यक्ष धामीले दुःख व्यक्त गर्नुभयो । राजनीतिक र प्रशासनिक नेतृत्वको इच्छाशक्ति नहुदा सशस्त्र प्रहरीको पोष्ट व्यासमा राख्न नसकिएको उहाँको भनाई छ । छिमेकी भारतको सम्भावित नकारात्मक प्रतिक्रियाको त्रासले व्यासमा सुरक्षा उपस्थिति नबढेको पत्रकार धामीको आरोप छ ।
गृहमन्त्री रामवहादुर थापासंग नजिकको सम्बन्ध भएका नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका प्रस्तावित जिल्ला अध्यक्ष गणेशसिह खत्री व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको दावी गर्नुहुन्छ । आफुले केही हप्ताअघिको भेटमा समेत गृहमन्त्री थापालाई व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्नेबारे छलफल गरेको र निकट भविष्यमै पोष्ट स्थापना हुने उहाँको भनाई छ र्। धेरै गृहकार्य अघि बढेको छ, पुष महिनासम्म व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्ने विषयले गति पाउछ’ नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष खत्रीले भन्नुभयो ।