अतिक्रमित नेपाली भूमीमा खटिएका सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाइयो

0
547

दार्चुला, बैशाख ३ गते ।
भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

भारतीय स्वास्थ्य विभागको टोलीले १५ हजार फिट उचाइमा रहेको अतिक्रमित नेपाली भूमी नाविढाङ तथा गुञ्जीमा पुगेर सुरक्षाकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रहरुमा बोलाउन ब्यवहारिक नभएकाले सीमा क्षेत्रमै गएर कोरोना विरुद्धको दोस्रो चरणको खोपको डोज लगाइएको पिथौरागढका मुख्य चिकित्साधिकारी हरिष चन्द्र पन्तको भनाई छ । स्वास्थ्य विभागको पाँच सदस्यीय टोलीले अतिक्रमित नेपाली भूमीमा खटिएका सुरक्षाकर्मीहरु आईटीविपि र एसएसबीका १ सय ६६ जनालाई कोरोना विरुद्धको खोप लगाएको हो ।
यस भन्दा पहिले एक महिना अघि पनि स्वास्थ्यको टोलीले सीमा क्षेत्रमै पुगेर सुरक्षाकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीमा कोल्ड चेन म्यानेजर पंकज विष्ट, स्टाफ नर्स इश्वर दत्त जोशी, फिल्ड सुपरभाइजर चन्दन सिह र डा. दर्शन बेरी लगायतको सहभागिता रहेको थियो ।