अढाई किलोमिटर सडक निर्माणमा नौजनाको मृत्यु

0
2431

दार्चुला, माघ ६ गते ।
भारतको धारचुला तहसिलअन्तर्गत लखनपुरदेखि नजंगसम्मको अढाई किलोमिटर लामो सडक निर्माणमा हालसम्म ९ जनाले ज्यान गुमाएका छन् । १० वर्षदेखि निर्माणाधिन तवाघाट–लिपुलेख सडकअन्तर्गत लखनपुरदेखि नजंगसम्मको सडक निर्माणमा ९ जनाले ज्यान गुमाउनु परेको सीमा सडक संगठनले जनाएको छ ।
कडा चट्टानी भूबनोटका कारण लखनपुरदेखि नजंगसम्मको सडक निर्माणमा धेरै समय लागेको छ । सडक निर्माणमा संलग्न भारतीय सेनाको ग्रिफ फोर्सका एक जुनियर इन्जिनियर, दुइजना अपरेटर र ६ जना मजदूरले ज्यान गुमाएको सीमा सडक संगठनका मुख्य अभियन्त विमल गोस्वामीले बताउनुभयो ।
सडक निर्माणमा ज्यान गुमाउनेमध्ये नेपाली पनि छन् । सडक निर्माणमा मजदूरी गर्ने क्रममा ज्यान गुमाउने मध्येका २ जना नेपाली हुन् । सडक निर्माणकै क्रममा करोडौं मूल्यका मेशिन र उपकरण पनि गुमाउनुपरेको छ ।
ग्रिफका मुख्य इन्जिनियर समेत रहेका अभियन्ता गोस्वामीका अनुसार ६५ लाख भारतीय रुपैयाँको डोजर, अढाई करोडको डिसी ४०० ड्रिलिङ मेशिन र ४० लाख पर्ने वेगन ड्रिल मेशिनसहित धेरै उपकरण कम्पनीले गुमाएको छ ।