दार्चुला,फागुन १२ गते
दार्चुलाकाे महाकाली नगरपालिकाकाे शिवनगरमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मालिकार्जुन गाउँपालिकाले सटफुटमा पहिलाे स्वर्ण पदक प्राप्त गरेको छ । कृष्ण माध्यमिक विद्याललय डाडाकाेटका विनाेद राम लाेहारले प्रथम स्थान हासिल गर्दै मालिकार्जुन गाउँपालिकालाई स्वर्ण दिलाएका हुन् । याे पालिकाले प्राप्त गरेकाे पहिलाे पदक हाे । यस्तै दितिय मार्मा गाउँपालिकाका विकास धामी भएका छन् । उनले मार्मा गाउँपालिकालाई पहिलो रजत पदक दिलाएका छन् । तृतिय स्थान शैल्यशिखर नगरपालिकाका प्रविन सिंह धामी भएका छन् । उनले शैल्यशिखर नगरपालिकालाई कास्य पदक दिलाउन सफल भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस् !