प्रकृति र म

92

खडक धामी

तिम्रो अस्तित्व मै भन्दा माथी होला।
तर मैले आज तिम्रो स्पर्श गुमाएको छैन
म तिमी संग संगै पाईला टेक्ने
यो धरती माताको ओकालत देख्ने
यी पाइला तिमी माथी छन
देख्ने हरियाली सृष्टि सबै साँची छन ।
गुमाएको छैन तिम्रो अस्तीत्व
प्राणभन्दा प्यारो तिम्रो भरीभराऊ
टेक्ने थिएन यो जगतमा
देख्ने थिएन यो रगतमा
तिमी सारा अस्तीत्व हौ
बिर्सेको छैन ए प्रकृति
पृय प्रकृति
कति धान्न सक्थयौ आफ्नो बर्जस्वभन्दामाथी
तै पनि तिमीले सोच्थ्यौ मलाई आफ्नै साथी
सारा संसार जगत तिमी माथी छ
जब मानवचोला तिम्रै जवाफी छ ।।
कोइली कराउथ्यौ
डाँफे फरफराउथ्यौ
तिम्रै रङगीन सँसारमा
तर आज धान्न सकेनौ
तिमीसँगै छन मेरै असिमित गाथा
प्रकृति तिमी माथी छन मेरै व्याथ्या ।
कयौँ तिम्रा बशन्तका चम्किला दिनहरु ।
मधुर किरण संगै चम्किने झिलमिलहरु
आफै विर्सिन पुगियो आफ्नै स्पर्श
नौलाख ताराबिर्शियो
डाँडाँ कांडा हरियाली पखेरा
उड्दै थिए तिमी माथि सारा चखेवा
तर यो पुर्खाले सोचेन
जन्मिएको गाथाले पर्खिएन
तिमी माथी भएको अन्याय सहेन
तै पनि म तिम्रै हुँ प्रकृति

तपाईको प्रतिक्रिया दिनुहोस् !