पिथौरागढमा थप पाँच जना एसएसबीमा कोरोना संक्रमण

0
918

दार्चुला, साउन २४ गते ।
भारतको पिथौरागढमा थप पाँच जना एसएसबी सहित एक विदेशी महिलामा कोरोना संक्रण पुष्टी भएको छ ।
पिथौरागढ अस्पतलका डा. एचसि पन्तका अनुसार शुक्रबार आएको पिसिआर परिक्षण रिर्पाेटमा पाँच जना एसएसबीका जवान र एक जना विदेशी महिलामा कोरोना पुष्टी भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । । यो संगै पिथौरागढमा कोरोना एक्टीभ ब्यक्तिको संख्या ७६ पुगेको छ ।
नेपालले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नक्सा जारी गरेपछि भारतले नेपाल संगको सिमा नाकामा ठूलो संख्यामा एसएसबी परिचालन गरेको छ ।
गत असारको अन्तीम साता नेपाल संगको सिमा सुरक्षार्थ जम्बु कस्मीरबाट एसएसबीको बटालियन धार्चुला आइपुगेको थियो ।
धार्चुला आएका १ सय २० जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भने एसएसबीको बटालियन धार्चुला लिएर आएका एसएसबीका असई मनमोहन सिहको कोरोना संक्रणका कारण साउनको दोस्रो साता मृत्यु भएको थियो ।

सम्बन्धीत समाचार