पहिरोमा परि बेपत्ता बालकको खोजी कार्य जारी

872

दार्चुला, साउन १० गते ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँ नजिक लास्कु खोलामा पहिरो खस्दा एक जना बालक शुक्रबार देखि बेपत्ता भएका छन् । नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका ६ वर्षीय बालक जेनिस ठगुन्ना दार्चुला सदरमुकाम आउने क्रममा शुक्रबार बेलुका माथिबाट पहिरो खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानियहरुले बेपत्ता बालकको खोजीकार्य गरिरहेको भएपनि अहिलेसम्म बालकको अवस्था बारे जानकारी हुन नसकेको उहाँको भनाई छ ।
पहिरोमा परि संगै आइरहेकी मनिषा ठगुन्नाको समान्य खुट्टामा चोट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !