पस्ती पहिरोः दुई जनाको उद्धार दुई जना बेपत्ता

1446

साउन ६ गते, दार्चुला ।
मालिकार्जुन गाउँपालिकाको वडा नं ८ शंकरपुर पस्तीमा घर माथिबाट पहिरो खस्दा पुरिएका २ जनाको उद्धार गरिएको छ भने २ जना बेपत्ता रहेका छन् । एक जना घर भित्र सुरच्छित रहेको र उद्धार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
मंगलबार विहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक पुरीएको छ ।

उद्धारकर्ताहरुले ३५ बर्षिय लक्ष्मी ढोली उनका ९ बर्षिय छोरा शुबम् परियारको जिवितै उद्धार गरेका छन् ।परियारलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
घटनामा ढोलीकी छोरी सोनिया घर भित्रै अड्कीएको र उद्धारकार्य भइरहेको बताइएको छ । अरु २ जना अर्जुन दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक जोशीको भनाई छ । उनिहरु लक्ष्मी ढोलीका भाईहरु भएकाले दिदिको घर भेट्न आएको बुझीएको छ ।
उद्धारको कार्य भइरहकोले क्षती बारे बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !