दुहुँ गाउँपालिकामा एक बृद्धा मृत फेला, हत्याको आशंका

185
सांकेतिक तस्बीर

दार्चुला, साउन २१ गते ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्देवमा एक बृद्धा मृत फेला परेका छन् । वडा नम्बर ३ ब्रह्मदेवका ८० वर्षिया नारु देवि बम घरभन्दा २० मिटर टाढा मृत फेला परेको प्रहरीले जनाएको छ । हत्या गरेर शब फालेको हुन सक्ने प्रहरी स्रोतको भनाई छ । हत्याको आशंकामा बृद्धाका छोरा ५३ बर्षिय नरबहादुर बमंलाई ब्रह्मदेब प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !